सिड्नी, अष्ट्रेलिया – समाजसेवामा समर्पित भावनाका साथ अजिना कार्की ले गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) को राज्य समन्वय परिषद् (SCC) सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
उनको भनाइ अनुसार, “म त समाज सेवा गर्नकै लागि जन्मेकी हुँ, समाज सेवा गर्दा नै मलाई खुसी मिल्छ। मलाई यो समाजमा केही सकारात्मक परिवर्तन ल्याउनु छ।” — यिनै शब्दहरूले उनको दृष्टिकोण र जीवन दर्शन झल्काउँछ।
विगतमा व्यक्तिगत रूपमा विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गरेकी अजिनाले अब समान सोच भएका समाजसेवीहरूसँग मिलेर संस्थागत रूपमा परिवर्तन ल्याउनुपर्ने समय आएको विश्वास गर्दै यसपटक NRNA NSW SCC मा उम्मेदवारी दिएको बताएकी छन्।
उनीप्रति लामो समयदेखि चिनेका साथीहरूले भने, “हामीले जबदेखि अजिनालाई चिनेका छौं, तबदेखि नै उहाँको समाजसेवा प्रतिको समर्पण र निष्ठा झल्कने गरेका छन्। उहाँको सोच, बोली र कर्म सधैं एकै दिशामा केन्द्रित छन् — सामाजिक सुधार र सकारात्मक परिवर्तन।”
“आउनुहोस्, अष्ट्रेलियामा रहेका हामी नेपालीहरू मिलेर एक आपसमा साथ दिँदै, समर्पित र कर्मठ प्रतिनिधिहरूलाई अघि बढाऔं। समाजसेवामा समर्पित अजिना कार्कीलाई समर्थन गरौं।”












