मो. तौसिफ राजा खानद्धारा NRNA तास्मानिया SCC सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

होबार्ट, तास्मानिया – आगामी २०२५ जुलाई २६ मा हुन गइरहेको NRNA अष्ट्रेलिया को निर्वाचनमा Md Tausif Raja Khan ले गैर आवासीय नेपाली संघ (NRNA) तास्मानिया (NRNA-TAS) को SCC सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विगत २०२२–२०२५ कार्यकालमा Launceston Nepali Cricket Club मा कोषाध्यक्ष (Treasurer) र पछिल्लो समय अध्यक्ष (President) को रूपमा नेतृत्व दिँदै आएका खानले, आफ्नो अनुभव र सीपलाई अब NRNA मार्फत संस्थागत रूपमा प्रयोग गर्ने दृढता व्यक्त गरेका छन्।

उनले भने, “म एनआरएनएको मूल उद्देश्य र सिद्धान्तलाई मार्गदर्शनका रूपमा लिएर, तास्मानियामा रहेका नेपाली समुदायको हितमा अझ प्रभावकारी रूपमा काम गर्न कटिबद्ध छु।”

राष्ट्रिय तथा स्थानीय प्रतिबद्धताहरू:

Md Tausif Raja Khan ले आफ्नो उम्मेदवारीसँगै केही महत्वपूर्ण राष्ट्रिय तथा स्थानीय प्रतिबद्धताहरू पनि प्रस्तुत गरेका छन्, जसमा निम्न विषयहरू मुख्य छन्:

राष्ट्रिय स्तरमा:

  • प्रवासी लगानी र आर्थिक सहभागिता प्रवर्द्धन

  • राज्य तथा संघीय अनुदान सुनिश्चित

  • साझेदारी कार्यदल गठन र बहुसांस्कृतिक पहलहरूमा समर्थन

  • दोस्रो पुस्ता शाखा सञ्चालन, व्यापार सञ्जाल र स्टार्टअप प्रवर्द्धन

  • व्यवसाय इन्क्युबेटर, नीति संवाद र संस्थागत पारदर्शिता

तास्मानियाका लागि प्रतिबद्धता:

  • समुदायमा एकता, समावेशिता र सहकार्य प्रवर्द्धन

  • नयाँ आप्रवासीहरूका लागि आवास, रोजगारी र कानुनी सहायता

  • युवा र महिलाको सशक्तीकरण, नेतृत्व र सीप विकास

  • विद्यार्थीहरूका लागि तालिम, करियर मार्गदर्शन र अवसर सिर्जना

  • भाषा, संस्कृति र पहिचानको संरक्षण

  • पारदर्शिता र उत्तरदायित्वसहितको कार्यशैली

  • स्थानीय निकाय र संघसँग सहकार्य गर्दै नेपाली हितमा कार्य

अन्त्यमा उनले भने:

“तपाईंहरूको अमूल्य साथ, सुझाव र विश्वासको अपेक्षासहित म मेरो उम्मेदवारी प्रस्तुत गरेको छु। आउनुहोस्, हामी सबै मिलेर अझ सक्षम र समावेशी नेपाली समुदाय निर्माण गरौं।”