होबार्ट, तास्मानिया – तास्मानियामा बसोबास गर्दै आएकी समाजसेवी अनिना महर्जनले आगामी गैर आवासीय नेपाली संघ (NRNA) तास्मानिया – नारीनिकुञ्ज अन्तर्गत महिला सह-संयोजक (SCC Women Deputy Coordinator) पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
महिला सशक्तिकरण, समावेशी नेतृत्व, स्वास्थ्य सचेतना र सामाजिक सेवामा लामो समयदेखि क्रियाशील महर्जनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा नभई समुदाय–विशेष गरी महिलाहरूको सशक्त, आत्मनिर्भर र समान सहभागितामा आधारित भविष्य निर्माण गर्ने साझा सपना भएको स्पष्ट पारिन्।
उनका प्रमुख प्रतिबद्धताहरू यस प्रकार छन्:
🔹 महिला नेतृत्व विकास र निर्णायक सहभागिता
– महिला नेतृत्व क्षमताको विकास गर्दै निर्णय प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्ने
– समावेशी, जिम्मेवार र दीर्घकालीन नेतृत्व निर्माणमा जोड
🔹 सशक्तिकरण, सीप विकास र करियर सपोर्ट
– महिलाहरूको उद्यमशीलता, करियर विकास र मानसिक स्वास्थ्यमा आधारित कार्यक्रम सञ्चालन
– व्यावसायिक सीप, डिजिटल दक्षता र आत्मबल अभिवृद्धि गर्ने पहल
🔹 युवा महिलासँग सहकार्य तथा नयाँ आप्रवासीहरूसँग सम्बद्धता
– छात्रा, युवती तथा नवआगन्तुक महिलाहरूलाई नेटवर्किङ, सहयोग र अवसरको प्लेटफर्म
– NRNA मार्फत सहजीकरण र अभिमुखीकरण कार्यक्रमहरू
🔹 महिला सञ्जाल विस्तार र सहकार्य प्रवर्द्धन
– तास्मानियाभर महिला नेटवर्कको गठन
– अन्तर-संस्थागत महिला सहकार्य प्रवर्द्धन
🔹 स्वास्थ्य सचेतना, घरेलु हिंसाविरुद्ध जागरुकता र समग्र कल्याण
– महिला स्वास्थ्य (स्तन क्यान्सर, मानसिक स्फूर्ति) सम्बन्धी सचेतनामूलक कार्यक्रम
– घरेलु हिंसाबाट पीडित महिलाका लागि जानकारी, सहयोग र आश्रय केन्द्रहरूमा पहुँच
– योग, खेलकुद र सामूहिक सहभागितामूलक कार्यक्रमहरू
🔹 तास्मानियाका संघसंस्थासँग सहकार्य र सहसंयोजन
– नेपाली समुदायका संघसंस्थासँग सहकार्य गर्दै साझा अभियानहरूमा नेतृत्व
महर्जनले भनिन्, “म राजनीतिमा होइन, सेवामा विश्वास गर्छु। पारदर्शिता, सहभागिता र समर्पणमार्फत महिलाको आवाजलाई संस्थागत बनाउँदै, उनीहरूको आत्मबल अभिवृद्धिमा प्रतिबद्ध छु।”
महर्जनले तास्मानियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, विशेषगरी दिदीबहिनीहरूलाई आफ्नो अभियानमा साथ, समर्थन र सुझाव दिन आग्रह गरेकी छन्।