सिड्नी, अष्ट्रेलिया – जुलाई ९, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) अन्तर्गत सदस्य पदका लागि आशीष गिरिले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
नेपाली समुदायप्रति प्रतिबद्धता र सक्रियतासहित अग्रसर रहँदै आएका गिरिले आफू NSW मा बसोबास गर्ने नेपालीहरूका आवाजलाई संस्थागत रूपमा प्रतिनिधित्व गर्न र सशक्त नेतृत्व विकासमा योगदान गर्न तयार रहेको बताएका छन्।
उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्: “म एनआरएनएको मूल उद्देश्यलाई आत्मसात् गर्दै, समुदायको हितमा पारदर्शी, समावेशी र दीर्घकालीन परिणाम दिने काम गर्न प्रतिबद्ध छु।”
गिरिले राज्य समन्वय परिषद् सदस्यका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै समर्थन र सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।