मेरिल्यान्ड, अमेरिका – संगीता (सेन्जी) गौतम लिम्बू, जो अहिले लिम्बू समाज अमेरिकामा सक्रिय सदस्यको रूपमा काम गर्दै आएकी छन्, आगामी NRNA NCC USA – Maryland Chapter का महिला उपाध्यक्ष पदमा उम्मेदवारको रूपमा प्रस्तुत भएकी छन्।
उनको लामो समयदेखि चलिरहेको नेपाली समुदायको सेवा र समर्थनले उनलाई यस पदका लागि उपयुक्त उम्मेदवार बनाएको छ। संगीता लिम्बूले एनआरएनए सँगको आफ्नो साझेदारीलाई सधैं मजबुत राखेको र यस संस्था मार्फत अमेरिकामा रहेका नेपालीहरूको हकहितको लागि निरन्तर काम गरिरहेकी छन्।
संगीता गौतम लिम्बूका अनुसार, “समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि महिला नेतृत्वको आवश्यकता छ। यस अभियानमा तपाईंहरूको समर्थनले हामी सबैलाई सशक्त बनाउन सहयोग पुर्याउनेछ।”
उनले भनिन्, “म यदि महिला उपाध्यक्षको जिम्मेवारी पाउँछु भने, म एनआरएनए NCC USA – Maryland Chapter लाई अझ पारदर्शी, समावेशी र सबैको हितमा काम गर्ने बनाउँने प्रयास गर्नेछु।”
यससँगै, संगीता लिम्बूले आगामी कार्यकालका लागि आफ्नो योजनाबद्ध उद्देश्य र प्रतिबद्धता साझा गरेकी छन्, जसमा समाजमा समानता र विकासको लागि काम गर्ने दृढ संकल्प रहेको छ।
उनका समर्थकहरूले यस उम्मेदवारीलाई सकारात्मक रूपमा लिइरहेका छन् र विश्वास गर्छन् कि संगीता लिम्बूको नेतृत्वले महिलाहरूको आवाजलाई बलियो बनाउनेछ र समुदायको विकासमा नयाँ दिशा दिनेछ।