डार्विन, अष्ट्रेलिया – आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैर-आवासीय नेपाली संघ (NRNA) – नर्दन टेरिटोरी (NT) को सह-सचिव पदमा बिष्णु केसी खत्री (बिशाल केसी) ले उम्मेदवारी घोषणा गरेका छन्।
डार्विनलाई विगत १० वर्षदेखि आफ्नो घरजस्तै मानेर बसेका खत्रीले नेपाली समुदायमा सक्रिय योगदान दिँदै आएका छन्। उनी डार्विन हर्ट्स एफसी का सक्रिय स्वयंसेवक, Casuarina Blood Bank का नियमित रक्तदाता, नेपाली सांस्कृतिक कार्यक्रमका कलाकार तथा अघिल्लो कार्यकालमा एनआरएनए एनटी युवा सदस्य समेत भइसकेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले भने, “म राजनीतिभन्दा समुदायलाई पहिलो प्राथमिकतामा राख्दछु, त्यसैले म सेवा, एकता र पारदर्शिताका लागि समर्पित टीम त्रिलोचन सँग उभिएको छु।”
उम्मेदवार खत्रीका प्रतिबद्धताहरू:
-
सचिव र सम्पूर्ण नेतृत्व टोलीलाई पूर्ण समर्पणका साथ समर्थन गर्ने।
-
NRNA NT भित्र समावेशी, खुला संवाद र सहकार्य प्रवर्द्धन गर्ने।
-
युवामुखी, कल्याणकारी र सांस्कृतिक पहलहरूमा सक्रिय भूमिका निर्वाह गर्ने।
उनले थपे, “यदि तपाईंहरूले मलाई यो जिम्मेवारी दिनुभयो भने, म पारदर्शी, उत्तरदायी र समावेशी नेतृत्व दिने वाचा गर्दछु। हाम्रो समुदायको एकता र पहिचान जोगाउने काममा म निरन्तर क्रियाशील रहनेछु।
उनले अन्त्यमा भने, “आउनुहोस्, हातेमालो गर्दै Team Trilochan को साथमा हाम्रो एनटी नेपाली समुदायलाई अझ बलियो बनाऔं।”