डार्विन, अष्ट्रेलिया — अष्ट्रेलियाको नर्दर्न टेरिटोरी (NT) मा बसोबास गर्ने नेपाली समुदायका लागि एक सन्देशसहित, युवा समाजसेवी सुमित अधिकारीले आगामी गैर आवासीय नेपाली संघ (NRNA) नर्दर्न टेरिटोरी राज्य समन्वय परिषद् (SCC) २०२५–२०२७ कार्यकालको युवा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सशक्त नेतृत्व क्षमता, नयाँ सोच र युवाशक्तिको प्रतिनिधित्व गर्ने दृढ इच्छाका साथ, अधिकारीले ‘टीम त्रिलोचन सापकोटा’ सँग सहकार्य गर्दै उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनले आफ्नो उम्मेदवारी घोषणापत्रमा भनेका छन्, “म युवा पुस्ताको आवाज बनेर हाम्रो समुदायलाई अझ सशक्त, समावेशी र अग्रगामी बनाउने अठोटका साथ उम्मेदवार बनेको हुँ।”
समुदायमा सक्रिय भूमिका
सुमित अधिकारी लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदायमा विभिन्न सांस्कृतिक कार्यक्रम, चाडपर्व र सामाजिक गतिविधिहरूमा सक्रिय भूमिका निभाउँदै आएका छन्। उनले युवाबीचको सहकार्य, नेतृत्व विकास, र समुदायको एकता बढाउन विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनका प्राथमिक एजेन्डा यसप्रकार रहेका छन्:
-
युवाहरूमाझ सक्रिय सहभागिता र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने
-
नेपाली समुदायबीच गहिरो सम्बन्ध र एकता निर्माण
-
नवीन सोच र समावेशी कार्यक्रमहरू अघि ल्याउने
अधिकारीले अन्त्यमा सबैलाई मतदान गर्न आह्वान गर्दै भनेका छन्: “सेवाका लागि भोट गर्नुहोस्, विश्वासका लागि भोट गर्नुहोस्, समुदायका लागि भोट गर्नुहोस्। तपाईँको समर्थनले युवाशक्ति सशक्त बन्नेछ।”