सिड्नी, अष्ट्रेलिया —
नेपाली डायस्पोरा समुदायमा दीर्घकालीन प्रतिबद्धता र सेवा भावनाका साथ भोपीन्द्र प्रसाद कडेलले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
उहाँले आर्थिक जवाफदेहिता र पारदर्शितालाई पहिलो प्राथमिकता दिँदै भन्नुभयो:“म आफ्नो अनुभव र दक्षतालाई समुदायको हितमा पूर्णरूपमा समर्पित गर्दै यो जिम्मेवारी बहन गर्न तत्पर छु। आर्थिक संयन्त्रलाई पारदर्शी, व्यस्थित र उत्तरदायी बनाउँदै, सबैको विश्वास जित्न मेरो प्रयास रहनेछ।”
उहाँले सम्पूर्ण नेपाली समुदायसँग समर्थन र सहयोगको अपेक्षा गर्दै भन्नुभयो: “सद्भाव, सेवा र उत्तरदायित्वका लागि तपाईंहरूको विश्वास आवश्यक छ। मलाई साथ दिनुहोस्, पारदर्शी नेतृत्व निर्माण गर्न सँगै लागौं।”