अनन्त गुरुङद्वारा एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया —
नेपाली समुदायप्रति समर्पित सेवा भावनाका साथ अनन्त गुरुङले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को राज्य कोषाध्यक्ष (Treasurer) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

“एकजुट समुदाय, सबल नेतृत्व”

उनले भने: “म अनन्त गुरुङ, NSW SCC को कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै सबैमा हार्दिक अभिवादन गर्दछु। हामी अनुभवसंपन्न र समर्पित स्वयंसेवकहरूको एउटा टीम हौं, जो साँचो अर्थमा समुदाय सेवामा समर्पित छौं।”

मुख्य उद्देश्य:

  • नेपाली डायस्पोरा समुदायलाई अझ सशक्त र एकीकृत बनाउने

  • पारदर्शी वित्तीय प्रणाली र जवाफदेही नेतृत्वको प्रवर्द्धन

  • गुणस्तरीय सेवा र दीर्घकालीन सोचमा आधारित कार्ययोजना कार्यान्वयन