जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

everest kitchen

कास्की, २५ असार । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ३ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।