डार्विन, अष्ट्रेलिया —
नर्दर्न टेरिटोरी (NT) मा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय — दाजुभाइ, दिदीबहिनी, अभिभावक तथा युवाहरूलाई सम्बोधन गर्दै, जगत थापाले आगामी NRNA NT राज्य समन्वय परिषद् (SCC) को युवा संयोजक (Youth Coordinator) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“नेतृत्वका लागि भोट, सहभागिताका लागि भोट, युवाका लागि भोट!”
पछिल्लो ५ वर्षदेखि डार्विनमा स्थायी रूपमा बसोबास गर्दै आएका थापा विभिन्न सामुदायिक कार्यक्रम, युवा संलग्नता योजना र बहुसांस्कृतिक खेलकुद प्रतियोगिताहरूमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सक्रिय रहँदै आएका छन्।
उनले भने:“यी अनुभवहरूले मलाई हाम्रो युवापुस्ताको आवश्यकता, ऊर्जा र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर दिएको छ।”
उनी राजनीतिक प्रभावबाट मुक्त, केवल सेवा–समर्पणमा आधारित ‘टीम त्रिलोचन’ बाट उम्मेदवार बनेका हुन्।
उम्मेदवारका प्राथमिक एजेन्डा:
-
नेतृत्व, संस्कृति र खेलकुदमा युवाको सहभागिता सुनिश्चित गर्ने
-
सबै उमेर समूह र पृष्ठभूमिका सदस्यबीच समावेशिता र सहकार्य प्रवर्द्धन गर्ने
-
युवाकेन्द्रित कार्यक्रमहरू सञ्चालन गरी उनीहरूको आवाज र आकांक्षालाई अभिव्यक्ति दिने
-
विद्यार्थी, नयाँ आप्रवासी र युवा पेशेवरहरूको लागि सहयोग र अवसर सुनिश्चित गर्ने
उनले थपे: “NRNA NT को युवा संयोजकको रूपमा तपाईँहरूको आवाज बन्ने, र युवासशक्तिकरणको अभियानलाई अगाडि बढाउने मेरो दृढ संकल्प छ।”