डार्विन, अष्ट्रेलिया —
नेपाली समुदायमा समर्पित भावनाका साथ लामो समयदेखि सक्रिय भूमिका निभाउँदै आउनुभएका बी.पी. कोइरालाले आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दर्न टेरिटोरी (NT) को राज्य समन्वय समिति (State Coordination Committee – SCC) सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।
उहाँले सामाजिक कार्य, कार्यक्रम आयोजनामा सहयोग, र नेपाली संस्कृति प्रवर्द्धनमा निरन्तर योगदान दिंदै आउनुभएको बताउनु भएको छ।
“सेवा मेरो जिम्मेवारी हो, नेतृत्व मेरो अवसर होइन”
उहाँले भन्नुभयो:“समुदायप्रतिको मेरो माया गहिरो छ। विगतका वर्षहरूमा जस्तै, आगामी दिनहरूमा पनि म मेरो समय र प्रयास समुदायको हितमा समर्पित गर्न चाहन्छु। मेरो उद्देश्य भनेको सकारात्मक परिवर्तन ल्याउनु हो।”
उम्मेदवारीको मुख्य उद्देश्य:
-
राज्यस्तरमा समुदायको आवाज प्रभावकारी रूपमा प्रतिनिधित्व गर्नु
-
सबै उमेर समूह र पृष्ठभूमिका सदस्यबीच एकता र सहकार्य प्रवर्द्धन गर्नु
-
नेपाली संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान गर्नु
-
जरुरतमा परेका समुदायका सदस्यहरूलाई सहयोग पु¥याउने कार्यलाई अझ प्रभावकारी बनाउनु
उहाँले सबै नेपाली समुदायप्रति आभार व्यक्त गर्दै समर्थनको अपील गर्नुभयो: “तपाईंहरूको विश्वास र साथले मलाई उत्साह दिन्छ। यदि म निर्वाचित भएँ भने, तपाईंहरूको चासो र आवश्यकतामा आधारित कार्य गर्दै सशक्त समुदाय निर्माणमा लागि पर्नेछु। हामी सबै मिलेर हाम्रो समुदायलाई अझ बलियो बनाउन सक्छौं।”