रविन भुसालद्वारा एनआरएनए अष्ट्रेलिया नर्दन टेरिटोरीको उप-समन्वयक पदमा उम्मेदवारी घोषणा

everest kitchen

डार्विन, अष्ट्रेलिया —
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका रविन भुसालले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA अष्ट्रेलिया NT राज्य समन्वय परिषद (SCC) को उप-समन्वयक (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।

Together for Change, Progress & Unity” भन्ने मूल नारासहित अगाडि बढेका भुसालले समावेशी नेतृत्व, पारदर्शिता, र समुदायमा इमानदार सेवाभावलाई आफ्नो प्रतिबद्धताको आधार बनाउँदै हुनुहुन्छ।

सात वर्ष लामो समुदाय सेवाको अनुभव

रविन भुसालले विगत ७ वर्षदेखि NT स्थित नेपाली समुदायसँग प्रत्यक्ष रूपमा काम गर्दै आउनुभएको छ। उहाँ नेपाली समुदायमा खेलकुद गतिविधिहरू – विशेषतः भलिबल र टेनिसको प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउने व्यक्तिहरूमध्ये एक हुनुहुन्छ।

उहाँको नेतृत्वमा युवाहरूको सक्रिय सहभागिता र खेलकुदमार्फत समुदायमा एकता सुदृढ हुने वातावरण सिर्जना भएको छ।

उम्मेदवार भुसालको प्रमुख प्रतिबद्धताहरू:

🔸 NRNA NT भित्र इमानदारी, पारदर्शिता र जवाफदेही नेतृत्वको प्रवर्द्धन
🔸 खेलकुद, युवा कार्यक्रम र सांस्कृतिक गतिविधिलाई सशक्त बनाउँदै समुदायमा एकता ल्याउने
🔸 सबै उमेर, पृष्ठभूमि र समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी सहभागिता
🔸 NT मा रहेका विविध नेपाली समूहहरूबीच सहकार्य र समन्वयको विकास
🔸 सक्रिय, सक्षम र विश्वसनीय टिमसँग मिलेर जिम्मेवार नेतृत्वको अभ्यास

उहाँले NRNA NT लाई एउटा सकारात्मक परिवर्तन, प्रगतिशील सोच र समर्पित नेतृत्वको उदाहरण बनाउन चाहनुभएको उल्लेख गर्दै सबै समुदाय सदस्यहरूसँग समर्थनको अपिल गर्नुभएको छ।