निरन सुवेदीद्वारा एनआरएनए अष्ट्रेलिया नर्दन टेरिटोरीको उप-युवा संयोजक पदमा उम्मेदवारी घोषणा

everest kitchen

डार्विन, अष्ट्रेलिया –
समुदायमा लामो समयदेखि स्वयंसेवकको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका निरन सुवेदीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA अष्ट्रेलिया NT राज्य समन्वय परिषद (SCC) अन्तर्गत उप–युवा संयोजक (Deputy Youth Coordinator) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

“युवा, खेलकुद र संस्कृति मार्फत सशक्त समुदाय निर्माण” मुख्य उद्देश्य

सुवेदीले आफ्नो उम्मेदवारी घोषणा गर्दै युवाहरू, बालबालिका, परिवार र संस्कृति बिचको सम्बन्ध अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको दावी छ कि नेपालको खेलकुद, कला र संस्कृतिको प्रवर्द्धन गर्दै समुदायभित्रको एकता, नेतृत्व विकास, र मानसिक स्वास्थ्य सचेतना समेत अगाडि बढाइनेछ।

उम्मेदवार सुवेदीका मुख्य एजेण्डाहरू:

फुटबल, भलिबल, क्रिकेट तथा अन्य खेलकुद प्रतियोगिता मार्फत युवाहरूको सहभागिता बढाउने
स्पोर्ट्समार्फत लिडरशिप, टिमवर्क र मानसिक स्वास्थ्य सचेतना प्रवर्द्धन
नयाँ विद्यार्थीहरूलाई समुदायसँग जोड्ने र आवश्यक सहयोग पुर्‍याउने
युवाहरूका आवाज NRNA मार्फत राष्ट्रिय स्तरमा उठाउने
अन्तर–सांस्कृतिक खेलकुद मैत्री प्रतियोगिताबाट सम्बन्ध मजबुत बनाउने
टिमलाई नीतिगत निर्णय कार्यान्वयनमा मजबुत साथ र समस्या समाधानमा सक्रिय सहभागिता

उहाँले पछिल्ला केही वर्षहरूमा NT क्षेत्रका दर्जनौं कार्यक्रमहरूमा सयौं घण्टा स्वयंसेवकको रूपमा योगदान पुर्‍याउँदै समुदायभित्र गहिरो सम्बन्ध बनाउँदै आउनुभएको छ। अब त्यो अनुभवलाई दायित्व र नेतृत्वमा रूपान्तरण गर्ने समय आएको उहाँको भनाइ छ।

उम्मेदवार सुवेदीको अपिल:

“हामी सबै मिलेर हाम्रो बालबालिका, युवा र परिवारप्रति गर्व गर्न सक्ने, हाम्रो संस्कृतिको अभिमान गर्ने, र विविध गतिविधिबाट सशक्त समुदाय निर्माण गर्ने यात्रामा अघि बढौं,” भन्दै सुवेदीले सम्पूर्ण नेपाली समुदायसँग समर्थनको अपेक्षा गर्नुभएको छ।