क्यानबेरा, अष्ट्रेलिया –
नेपाली सञ्चार क्षेत्रमा ७ वर्षको अनुभव र अष्ट्रेलियामा विभिन्न सामुदायिक कार्यक्रमहरूमा एमसी (MC) को रूपमा सक्रिय सहभागिता जनाउँदै आउनु भएकी यसुना नकर्मीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA अष्ट्रेलिया ACT – SCC महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
उहाँले सञ्चारकर्म र सामुदायिक अनुभवका माध्यमबाट नेपाली महिलाहरूको सामर्थ्य, संघर्ष र असीमित सम्भावनाहरूलाई नजिकबाट अनुभव गरेको बताउँदै, “सेवा गर्ने भावना, सहानुभूतिपूर्वक सुन्ने सोच र इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता” का साथ आफू अघि सरेको स्पष्ट पार्नुभएको छ।
उम्मेदवार नकर्मीको भनाइ: “म महिला संयोजकको रूपमा परिवर्तन, प्रगतिशील सोच र समान अवसरको भविष्य देख्छु। हामीले सुनेका आवाजहरूलाई अब कार्यान्वयनमा रूपान्तरण गर्न जरुरी छ।”
उहाँले ACT क्षेत्रमा महिला नेतृत्व सशक्तिकरण, समानता र समावेशी सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य राख्नु भएको छ।
संक्षिप्त परिचय:
-
७ वर्षको पत्रकारिता अनुभव (नेपालका प्रमुख मिडिया हाउसहरूमा प्रस्तोता)
-
अष्ट्रेलियामा विभिन्न सामुदायिक कार्यक्रमहरूमा एमसी (MC) को रूपमा सक्रिय भूमिका
-
नेपाली महिलाहरूका मुद्दा, अवसर र पहिचानप्रति गहिरो सरोकार
उम्मेदवार नकर्मीको अपिल:
“समानता, सेवा र सम्मानका मूल्यमा आधारित नेतृत्व निर्माणका लागि तपाईंहरूको साथ, सुझाव र समर्थनको अपेक्षा राखेकी छु।”