एनआरएनए एसीटी (ACT) समन्वयक पदका लागि ललित मल्लद्वारा उम्मेदवारी घोषणा

everest kitchen

क्यानबेरा, अष्ट्रेलिया — आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) को राज्य समन्वयक (SCC Coordinator) पदमा ललित मल्लले आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि क्यानबेरामा नेपाली समुदायका विभिन्न गतिविधिमा सक्रिय रूपमा संलग्न मल्लले अबको चरणमा एनआरएनएमार्फत व्यापक सेवा गर्न आफू तयार रहेको बताएका छन्।

उम्मेदवारीको कारण

ललित मल्लले आफ्नो उम्मेदवारी घोषणामा भनेका छन्: “क्यानबेरा समुदायसँग मेरो सम्बन्ध खेलकुद, सामाजिक कार्यक्रम, स्वयंसेवा तथा विभिन्न नेपाली संस्थाहरूको माध्यमबाट बलियो छ। यिनै अनुभव र विश्वासलाई आधार बनाएर अब एनआरएनएमार्फत सेवा गर्न चाहन्छु।”

उनले खेलकुद क्लब, सामाजिक संस्था र राजनीतिक संघ–संस्थामा कार्यकारी भूमिकामा रहेर योगदान दिँदै आएका छन्।

ललित मल्लको ५ बुँदे एजेन्डा यस प्रकार छन्:

1️⃣ एनआरएनएलाई क्यानबेरामा अझ सशक्त, जीवन्त र पहुँचयोग्य बनाउने — ताकि व्यक्तिगत तथा संस्थागत रूपमा समुदायले सहजै सहकार्य गर्न सकून्।
2️⃣ नयाँ विद्यार्थीहरूलाई नेपाली समुदायसँग जोड्ने — मानसिक स्वास्थ्य, जुवा, सीप विकास, खेलकुद र सांस्कृतिक एकीकरणमा केन्द्रित सचेतना कार्यक्रममार्फत।
3️⃣ प्रत्येक कार्यकारी सदस्यले आफ्नो कार्यकालमा कम्तीमा एक कार्यक्रमको नेतृत्व गर्ने व्यवस्था लागू गर्ने — पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न।
4️⃣ पूरा कार्यकालको कार्यक्रम तालिका सार्वजनिक गर्ने — ताकि समुदायलाई स्पष्ट जानकारी रहोस् कि एनआरएनए ACT ले वर्षभरि के गर्दैछ।
5️⃣ सृजनशील कार्यक्रम ल्याउन चाहने व्यक्ति वा समूहसँग सहकार्य गर्ने — एनआरएनएका मूल्य, मापदण्ड र लक्ष्यअनुसार।

“हामी मिलेर सक्छौं” – ललित मल्लको अपिल :“आज म यहाँ उभिएको छु किनकि तपाईंहरूले मलाई सधैं प्रेम, सहयोग र अवसर दिनुभयो। यही भरोसाले मलाई यो जिम्मेवारी लिन प्रेरित गरिरहेको छ।”

उनले सबै समुदाय सदस्यहरूलाई आगामी निर्वाचनमा आफ्नो समर्थन र मत दिन आह्वान गरेका छन्।