एनआरएनए SCC भिक्टोरियाको उप–समन्वयक पदमा ससेन्द्र गौतम केसीको उम्मेदवारी घोषणा

everest kitchen

मेलबर्न, अष्ट्रेलिया — आगामी जुलाई २६, २०२५ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचन अन्तर्गत राज्य समन्वय परिषद् (SCC) भिक्टोरिया को उप–समन्वयक (Deputy Coordinator) पदमा ससेन्द्र गौतम केसीले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्।

उनले समुदायलाई सम्बोधन गर्दै भनेका छन्:“म मेरो कार्यकालभरि निष्पक्ष प्रक्रिया अपनाउने, सबै कार्यक्रम तथा संलग्नतामा पारदर्शिता कायम गर्ने, युवाहरूलाई अग्रसर बनाउने र समुदायमा समन्वय, सहकार्य र समाधानमुखी संवादको वातावरण निर्माण गर्ने प्रतिबद्धता गर्दछु।”

ससेन्द्र केसीको प्रतिवद्धता:

  • समुदायसँगको सशक्त, पारदर्शी र जवाफदेही नेतृत्व

  • मेलबर्नमा विविध पृष्ठभूमिका नेपालीहरूबीच सहकार्य र समावेशिता प्रवर्द्धन

  • युवाहरूलाई विभिन्न प्लेटफर्ममार्फत सक्रिय बनाउने

  • सामाजिक तथा सामुदायिक मुद्दाहरूमा सजिलै पहुँचयोग्य र उत्तरदायी बन्ने

  • आवश्यक परेमा विशेष सहयोग चाहिने सदस्यहरूका लागि थप सहजीकरण

उनले स्पष्ट रूपमा उल्लेख गरेका छन् कि आफ्नो कार्यशैली “संविधान, विधि र एनआरएनएका कार्यगत मापदण्डहरू” भित्र रहेर हुनेछ।

समुदायप्रतिको आभार र अपिल

ससेन्द्र केसीले नेपाली समुदायबाट अहिलेसम्म प्राप्त विश्वास, साथ र प्रेरणाका लागि आभार प्रकट गर्दै भनेका छन्:“म यो यात्रामा तपाईंहरूको समर्थन र हौसला माग्दछु। तपाईंहरूको विश्वास नै मेरो प्रेरणाको मूल स्रोत हो। हामी मिलेर अझ सक्षम र सशक्त एनआरएनए भिक्टोरिया निर्माण गर्न सक्छौं।”