डर्विन, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को राज्य समन्वय समिति (SCC) निर्वाचन २०२५–२०२७ कार्यकालका लागि हेम पौडेल (हेमू) ले सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
उनले विगत पाँच वर्षदेखि डर्विनलाई आफ्नो घरजस्तै मानेर खेलकुद र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएका छन्। साथै, NANT (Nepalese Association of Northern Territory) मा संयुक्त सचिव (2022–2024) को भूमिकामा रहँदा, उनले विभिन्न कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
समावेशी दृष्टिकोण र स्पष्ट समर्थन
उनले उम्मेदवारीको घोषणा गर्दै, राज्य समन्वयक पदका उम्मेदवार भवानी पौडेल र उनको समूहद्वारा प्रस्तुत गरिएको समावेशी, व्यावहारिक एजेन्डाको खुलेर प्रशंसा गर्दै पूर्ण समर्थन व्यक्त गरेका छन्। “भवानी दाइको नेतृत्वमा तयार पारिएको कार्यदिशा सकारात्मक र समुदायमुखी छ। म विश्वस्त छु—हामी सबै मिलेर एनटीको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं।”
हेम पौडेलको प्राथमिकताहरू:
-
समुदायका सबै तह र भूगोलसम्म पुग्ने र आवाज सुन्ने
-
जनताका सरोकारलाई संस्थागत रुपमा उठान गर्ने
-
स्वयंसेवी भावनाका साथ समय र स्रोतको लगानी गर्ने
-
एकता, पारदर्शिता र समावेशीतामा आधारित संस्था निर्माण गर्ने
“म सदस्य मात्र होइन, तपाईंहरूको प्रतिनिधिका रूपमा उत्तरदायी, उपलब्ध र संलग्न रहने प्रतिवद्धता व्यक्त गर्छु।”