एनआरएनए एनटी महिला उप-संयोजक पदमा प्रमिला खड्काको उम्मेदवारी घोषणा

everest kitchen

डर्विन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद्को आगामी कार्यकाल (२०२५–२०२७) का लागि महिला उपसंयोजक पदमा प्रमिला खड्काले औपचारिक उम्मेदवारी घोषणा गरेकी छन्।

वित्तीय क्षेत्रको अनुभव, योगमार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन, र महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका अभियानमा सक्रिय खड्काले आफूलाई “पारदर्शी, समर्पित र उद्देश्यपूर्ण” नेतृत्वका रूपमा प्रस्तुत गरेकी छन्।

समर्पण, सीप र सेवा–खड्काको परिचय

प्रमिला खड्का विगत केही वर्षदेखि नेपाली तथा बहुसांस्कृतिक समुदायमा सक्रिय सेवा, वित्तीय साक्षरताको प्रशिक्षण, र महिलाको जीवनस्तर सुधारमा क्रियाशील छन्। उनले उल्लेख गरेकी छन्: “म नेपाली महिलाहरूको आवाज, अधिकार र अवसरका लागि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सशक्त रूपमा उभिन चाहन्छु।”

उनका प्रमुख प्रतिबद्धताहरू:

🔹 मानसिक स्वास्थ्यप्रति जागरुकता र महिला लक्षित वेलबिइङ कार्यक्रमको प्रवर्द्धन
🔹 वित्तीय साक्षरता, व्यक्तिगत बजेट व्यवस्थापन, र आर्थिक आत्मनिर्भरता वृद्धि
🔹 एनआरएनएमा महिलाहरूको निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्ने प्लेटफर्म तयार पार्ने
🔹 नेतृत्व, सीप विकास र युवा सहभागितामार्फत सशक्त समुदाय निर्माणमा जोड दिने

उनको प्रतिबद्धता :“यदि यो जिम्मेवारी पाउने अवसर मिल्यो भने म इमानदारी, पारदर्शिता र निष्ठाका साथ कार्य गर्नेछु। महिलाको आवाजलाई अघि बढाउन म सदैव तयार छु।”