डर्विन, अष्ट्रेलिया
गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी २०२५–२०२७ कार्यकालको लागि राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदमा पुष्कर राज अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।
पुष्कर अधिकारीले एनआरएनए एनटीको राज्य समन्वय समिति अन्तर्गत राज्य संयोजकका उम्मेदवार भवानी पौड्याल र राज्य सचिवका उम्मेदवार आकाश बुढाथोकीको नेतृत्वमा रहेको समर्पित र अग्रगामी टिममा रहेर प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
उम्मेदवार अधिकारीको भनाइ: “म नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै त्यो पुस्ताको आवाज बोकेर आएको छु, जसले पारदर्शिता, जवाफदेहिता र समावेशी नेतृत्वमा विश्वास गर्छ।”
अधिकारीको मुख्य एजेन्डाहरू:
✅ एनआरएन राष्ट्रिय समितिमा एनटीको विविध समुदायको आवाज पुर्याउने।
✅ विद्यार्थी, युवा, पेशाकर्मी र परिवारहरूका लागि प्रशिक्षण र सहयोग कार्यक्रमहरू प्रवर्द्धन गर्ने।
✅ सांस्कृतिक तथा सामाजिक सहकार्यमार्फत अन्तरजातीय सद्भाव र नेपालीपनको प्रवर्द्धन गर्ने।
✅ पारदर्शिता, ऊर्जा र समूहगत कार्यशैलीको अभ्यास गर्ने।
✅ अग्रजहरू, पूर्वपदाधिकारी र बौद्धिक वर्गहरूसँग परामर्श गर्दै दीर्घकालीन र प्रभावकारी विकास नीतिमा योगदान गर्ने।
पुष्कर अधिकारी केहीका लागि नयाँ नाम भए पनि, उनी नयाँ पुस्ताको स्पष्ट सोच बोकेका, सक्रिय र उत्तरदायी नेतृत्वका प्रतिनधि हुन् भन्ने विश्वास टिमले व्यक्त गरेको छ।