डब्लिन, आयरल्यान्ड –
एनआरएनए एनसीसी आयरल्यान्ड (२०२५–२०२७) का लागि अध्यक्ष पदमा चेतराज ओलीले आफ्नो उम्मेदवारी घोषणा गर्दै नयाँ युगको नेतृत्वको तयारी गरेका छन्। उनले सत्यमा उभिएर, निष्पक्षता र विवेकको आधारमा नेपाली समुदायलाई एकजुट गर्ने दृढ प्रतिज्ञा व्यक्त गरेका छन्।
चेतराज ओली भन्छन्, “मेरो उद्देश्य कुनै गुट विशेषको नेतृत्व होइन, सबै नेपालीको साझा संस्था बनाउने हो। सत्यको मूल्य चुकाउनुपरे पनि म पछि हट्दिनँ। म स्वतन्त्र, सहयोगी र सबैका लागि पहुँचयोग्य एनआरएनए निर्माण गर्न प्रतिबद्ध छु।”
निर्वाचन जितेपछि सम्पूर्ण समय संस्था र समुदायलाई समर्पण गर्ने ओलीको प्रतिबद्धता
चेतराज ओलीले स्पष्ट रूपमा भनेका छन् कि आफू निर्वाचित भएमा आगामी २ वर्षको कार्यकाल पूर्ण रूपमा संस्था र नेपाली समुदायको हितमा समर्पित गर्ने छन्।
चेतराजका ८ प्रमुख एजेन्डा:
1️⃣ नेपाली समुदायको वर्गीकरणसहित जनगणना र Digital NRNA Ireland को सुरुवात
➡️ “Nepal House” (नेपाल समाज घर) को महत्वाकांक्षी योजना प्रारम्भ गर्ने
2️⃣ नवआगन्तुक नेपालीहरूका लागि सूचना तथा सहायता डेस्क (Help Desk) विस्तार गर्ने
3️⃣ कृषि क्षेत्रमा कार्यरत नेपालीहरूका लागि विशेष समिति बनाएर समस्या समाधानमा पहल गर्ने
4️⃣ नेपाल–आयरल्यान्ड सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने रणनीति अघि बढाउने
5️⃣ NRNA Ireland लाई स्वतन्त्र र जवाफदेही बनाउने नयाँ कार्ययोजना लागू गर्ने
6️⃣ बालबालिकाका लागि भौतिक र डिजिटल स्कुल कार्यक्रम प्रारम्भ गर्ने
7️⃣ खेलकुद, स्वास्थ्य शिविर र युवा स्टार्टअपहरूलाई सहयोग गर्ने
8️⃣
“अबको प्रतिनिधित्व – सबै आवाजहरूको प्रतिनिधित्व” समावेशी, स्वतन्त्र र उत्तरदायी एनआरएनएको पक्षमा आवाज उठाउने
ओलीको अपिल :“म कुनै स्वार्थ होइन, समुदायकै साझा सपना पुरा गर्न मैदानमा उत्रिएको हुँ।
हामी सबैको अपनत्व हुने, समावेशी र उत्तरदायी एनआरएनए बनाऔं।
तपाईंको अमूल्य भोट र समर्थन मलाई र मेरो टिमलाई चाहिएको छ।
हामी सत्य, समर्पण र सहयोगको मार्गमा अघि बढ्नेछौं।”