ब्रिसबेन, अष्ट्रेलिया –
NRNA Australia को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कुईन्सल्यान्ड राज्य समिति सचिव पदमा सरोज सिंह ठकुरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
NRNA मार्फत प्रवासी नेपाली समाजको सेवामा निरन्तर क्रियाशील ठकुरी हाल (२०२३–२०२५) कार्यकालमा कुईन्सल्यान्ड राज्य समिति अन्तर्गत युवा संयोजकको भूमिकामा जिम्मेवारी सम्हाल्दै आएका छन्। समाजसेवा र समर्पणको भावनाका साथ उनी फेरि एकपटक सचिव पदमा उम्मेदवार बनेका हुन्।
उद्देश्य र प्रतिबद्धता
सरोज सिंह ठकुरी भन्छन्: “NRNA विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था हो। यो संस्थालाई निष्पक्ष, सहयोगी र समुदायमैत्री बनाउँदै, भाषा, संस्कृति, पहिचानको संरक्षणका साथै अष्ट्रेलियामा रहेका नेपालीहरूको हितमा समर्पित भएर काम गर्न चाहन्छु।”
उनले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरू, नयाँ आगन्तुकहरू र श्रमिक वर्गका नेपालीहरूको सुख-दुःखमा नजिकबाट साथ दिँदै आइरहेको उल्लेख गर्दै, भविष्यमा अझ सक्रिय र नीतिगत रूपमा काम गर्ने संकल्प व्यक्त गरेका छन्।
अनुभव र सामुदायिक सेवा
-
हालको कार्यकालमा NRNA युवा संयोजक – कुईन्सल्यान्ड
-
अष्ट्रेलियामा आउँदैदेखि विभिन्न नेपाली कार्यक्रम, समाजसेवा र सहयोगी गतिविधिमा निरन्तर सक्रिय सहभागिता
-
विद्यार्थी र आप्रवासीहरूका समस्यामा सहमति, सल्लाह र सहयोग पुर्याउने कार्यमा अग्रपंक्तिमा