एनआरएनए अष्ट्रेलिया राष्ट्रिय युवा संयोजक पदमा पुकार घिमिरेको उम्मेदवारी घोषणा

everest kitchen

अष्ट्रेलिया, जुलाई ११ | आगामी एनआरएनए अष्ट्रेलिया कार्यकाल २०२५–२०२७ का लागि राष्ट्रिय युवा संयोजक (National Youth Coordinator) पदमा पुकार घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए अष्ट्रेलियामा युवा फोरमका सचिवक्वीन्सल्याण्ड राज्यका खेलकुद संयोजकको भूमिकाबाट संकलित अनुभवलाई अब राष्ट्रिय स्तरमा उपयोग गर्न चाहेको उनले बताएका छन्।

उनले भने, “यस यात्रालाई अझ ऊर्जा, गहिरो सहभागिता र व्यापक प्रभावसहित अघि बढाउने मेरो प्रतिबद्धता छ। तपाईंहरूको समर्थन र सुझावको अपेक्षा राख्दछु।”

कार्यदिशा र प्राथमिकताहरू

पुकार घिमिरेले राष्ट्रिय संयोजकको रुपमा आफूले कार्यान्वयन गर्ने प्रमुख योजना तथा उद्देश्यहरू यस्ता रहेका छन्:

खेलकुद र वेलनेस सेसनमार्फत मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि।
Youth Conclave को निरन्तरता र विस्तार, राष्ट्रिय स्तरमा युवाको आवाजलाई सशक्त बनाउने।
राज्यस्तरीय युवा संयोजकहरूसँग समन्वय गर्दै स्थानीय कार्ययोजनालाई राष्ट्रिय प्रभावमा परिणत गर्ने।
दोस्रो पुस्ताका नेपाली-अष्ट्रेलियालीहरूसँग जोडिएर नेतृत्व र समुदाय सहभागितामा अवसर सिर्जना गर्ने।
युवा र बहुसांस्कृतिक संस्थाहरूसँग सहकार्य गर्दै साझा कार्यक्रम विकास गर्ने।
युवाको रुचि, सीप र सांस्कृतिक पृष्ठभूमिमा आधारित विविध खेलकुद कार्यक्रम सञ्चालन।

उनले हाल विस्तृत कार्ययोजना अन्तिम चरणमा रहेको जानकारी गराउँदै, चाँडै सार्वजनिक गरिने बताएका छन्।

पुकार घिमिरेले आफूलाई सशक्त, समावेशी र सम्पूर्ण अष्ट्रेलियाली नेपाली युवालाई प्रतिनिधित्व गर्ने नेतृत्वको रूपमा अघि सार्दै भनेका छन्: “हामी सँगै मिलेर अझ बलियो, जोडिएको र क्रियाशील युवा समुदाय निर्माण गर्न सक्छौं। कृपया तपाईंहरूको समर्थन, सुझाव र प्रेरणा प्रदान गर्नुहोस्।”