क्यानबेरा, जुलाई ११ | आगामी एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) राज्य परिषद सदस्य (SCC Member) पदमा प्रीतम गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“सशक्त नेपाली डायस्पोराका लागि सँगै” भन्ने नाराका साथ गुरुङले नेपाली समुदायको सशक्तिकरण, सहभागिता र समृद्धिको पक्षमा आफूले समर्पित योगदान गर्न चाहेको बताएका छन्।
२०१५ बाट सुरु भएको समुदायप्रतिको समर्पण
उनको सामाजिक सेवाको यात्रा २०१५ मा विश्वविद्यालयमा भूकम्प राहत संकलन कार्यक्रमबाट सुरु भएको थियो। त्यसयता उनले विभिन्न नेपाली समुदायका कार्यक्रमहरूमा सक्रिय भूमिका निभाउँदै आएका छन्। उनले अनुभव सँगालेका छन् — कसरी प्रवासमा नेपाली समुदाय बढिरहेको छ, हामीले भोग्नुपर्ने चुनौतीहरू के छन्, र भविष्यका सम्भावनाहरू के–के हुन्।
समर्पण र दृष्टिकोण
प्रीतम गुरुङले एनआरएनए लगायत अन्य नेपाली संस्थाहरूसँगको संलग्नताबाट प्रवासी नेपालीहरूको आवश्यकता र चाहनालाई गहिरो रूपमा बुझ्ने अवसर पाएको बताए। एनआरएनएको माध्यमबाट अझ संगठित, समावेशी र परिणाममुखी कार्यहरू अघि बढाउने उनको लक्ष्य छ।
समर्थनको अपिल
गुरुङले आगामी चुनावमा सक्रिय समर्थन र अमूल्य मतको अपिल गर्दै भनेका छन्: “हामी सँगै भएर एनआरएनए अष्ट्रेलियालाई अझ जीवन्त, स्वागतयोग्य र सफल बनाउनेछौं।”