मेलबर्न, जुलाई ११ | आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि एनआरएनए भिक्टोरिया राज्यको डिपुटी कोअर्डिनेटर पदमा विकास सिलवालले उम्मेदवारी घोषणा गरेका छन्।
सामुदायिक अगुवाहरू तथा सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै सिलवालले भनेका छन्, “हाल म एनआरएनए भिक्टोरियाको Steering Committee (SCC) को सदस्यको रूपमा जिम्मेवारी सम्हालिरहेको छु। यस अनुभवका आधारमा अब डिपुटी कोअर्डिनेटरको भूमिकाबाट अझ प्रभावकारी सेवा दिन चाहन्छु।”
अनुभव र दायित्वप्रति प्रतिबद्धता
एनआरएनए SCC सदस्यको रूपमा काम गर्दा संस्थाको लक्ष्य, चुनौती र सम्भावनाहरूप्रति गहिरो बुझाइ बनाएको सिलवाल बताउँछन्। अब त्यसै अनुभवको बलमा समावेशी नेतृत्व, पारदर्शी समन्वय र समुदायप्रति उत्तरदायित्वका साथ अघि बढ्न उनले संकल्प व्यक्त गरेका छन्।
उनले एनआरएनएको मिशनप्रति समर्पणका साथ काम गर्ने र समस्त नेपाली समुदायको प्रतिनिधित्व प्रभावकारी ढंगले गर्ने अठोट व्यक्त गरेका छन्।
सहयोगको अपिल
विकास सिलवालले आफ्नो उम्मेदवारीलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायको विश्वास, साथ र सुझावको अपेक्षा गर्दै भनेका छन्:
“हामी सबै मिलेर एनआरएनएलाई अझ सबल, समावेशी र उज्ज्वल भविष्यतर्फ डोऱ्याउन सक्छौं।”