“स्वाभिमान, समर्पण र सेवा” — पूजा आचार्य अधिकारीको उम्मेदवारी घोषणा

everest kitchen

राज्य नारी निकुञ्ज (SNN) डिपुटी महिला संयोजक, एनआरएनए न्यु साउथ वेल्स (२०२५–२०२७)

ब्ल्याकटाउन, NSW | जुलाई ११ — “नारीको आवाजलाई आवाज दिन, नारीको सम्मान र स्वाभिमानका लागि सँगै अघि बढ्न”, पूजा आचार्य अधिकारीले एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालको लागि राज्य नारी निकुञ्ज (SNN) डिपुटी महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

नम्र सुरुवातदेखि अडिग संकल्पसम्म

एक दशकभन्दा अघि सपना र संघर्ष बोकेर अष्ट्रेलिया आएकी पूजा अहिले आत्मनिर्भर नेपाली महिला नेतृत्वको प्रतिक बनेकी छन्। भान्सा र सरसफाइको कामबाट सुरु भएको उनको यात्रा शिक्षा, नेतृत्व, र समुदाय सेवासम्म आइपुगेको छ।

उनले भनिन्: “म एक आमा हुँ, श्रीमती, श्रमिक, विद्यार्थी, र अब एक प्रतिनिधि बन्ने आकांक्षा बोकेको छु। नारीका सबै भूमिका मैले बाँचें, त्यसैले म महिलाहरूका लागि बोल्न, उभिन र संगै हिँड्न सक्षम छु।”

उम्मेदवारीको उद्देश्य

पूजा आचार्य अधिकारीले आफ्नो उम्मेदवारीका प्रमुख एजेन्डाहरू निम्न रूपमा सार्वजनिक गरेकी छन्:

🔸 महिलाहरूलाई कानुनी, भावनात्मक र रोजगारी सहायता सुरक्षित रूपमा पहुँच दिन सहयोग गर्ने।
🔸 नयाँ आइपुगेका महिला, घरेलु हिंसाबाट पीडित, सिङ्गल मदर र आश्रितहरूका लागि ‘Resource Network’ निर्माण गर्ने।
🔸 सुरक्षा, वित्त, डिजिटल साक्षरता र स्वास्थ्यसम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गर्ने।
🔸 राज्य नारी निकुञ्जमार्फत हेल्पलाइन र महिला सहयोग समूह स्थापना गर्ने।
🔸 नेपाली महिलाको पहिचान, संस्कृति र प्रतिभालाई NSW भर प्रवर्द्धन गर्ने।

किन ‘Team EKATA’?

उनले स्पष्ट रूपमा भनिन्: “Team EKATA देखाउनका लागि होइन, सेवाका लागि हो। हामी माथिबाट होइन, तलबाट सशक्तीकरणमा विश्वास गर्छौं। म जान्छु, यो टोलीसँग म कहिल्यै एक्ली हुने छैन, अनि म लड्ने कुनै पनि महिला पनि एक्ली हुने छैन।”

सन्देश महिला र परिवारहरूका लागि

“तपाईं एक्ली हुनुहुन्न।
म जान्दछु सुरु बिन्दुबाट अगाडि बढ्न कति साहस चाहिन्छ।
म तपाईंसँग छु — आत्मसम्मान, आदर र आशाका साथ।”