तास्मानिया, अष्ट्रेलिया — आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया को निर्वाचनका लागि विष्णु थपलियाले आफूलाई एनआरएनए तास्मानिया (NRNA-TAS) को Youth Coordinator पदका लागि उम्मेदवारको रूपमा प्रस्तुत गर्ने घोषणा गरेका छन्।
नेपाली समुदायको सक्रिय सदस्यका रूपमा चिनिँदै आएका थपलिया विगत कार्यकाल (२०२३–२०२५) मा विभिन्न सामाजिक संस्था तथा तास्मानियाली नेपाली समाजसँग आबद्ध रही युवा नेतृत्व र सामुदायिक सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
“युवाको ऊर्जा, नेतृत्वमा नयाँ सोच” भन्ने नारासहित अघि बढ्दै
उम्मेदवारी घोषणा गर्दै थपलियाले भने: “यस पटकको निर्वाचनमा म आफूलाई समर्पित, क्रियाशील र पारदर्शी नेतृत्वको रूपमा प्रस्तुत गर्दैछु। म सम्पूर्ण तास्मानियामा बसोबास गर्नुहुने नेपाली समुदायसँग विश्वास, समर्थन र साथको अपेक्षा गर्दछु।“
थपलियाको राष्ट्रिय स्तरमा प्रमुख प्रतिबद्धताहरू:
१. प्रवासी नेपालीहरूको लगानी र आर्थिक सहभागिता प्रवर्द्धन
२. राज्य तथा संघीय अनुदान सुनिश्चित गर्ने प्रयास
३. समर्पित अनुदान तथा साझेदारी कार्यदल गठन
४. बहुसांस्कृतिक कार्यक्रमहरूलाई सहयोग
५. सबै परोपकारी परियोजनाहरू एनआरएनए फाउन्डेसनमार्फत सञ्चालन
६. एनआरएनए अष्ट्रेलियाको विधानअनुसार दोस्रो पुस्ता शाखा सञ्चालन
७. एनआरएनए व्यापार सञ्जालमार्फत उद्यमशीलता प्रवर्द्धन
८. स्टार्टअप मार्गदर्शन, लगानी सम्मेलन तथा व्यवसाय इन्क्युबेटर कार्यक्रम
९. नीतिगत संवाद र वकालतमा युवा सहभागिता
तास्मानियामा समुदायप्रति केन्द्रित विशेष प्रतिबद्धताहरू:
-
समुदायमा एकता, सहकार्य र समावेशिता प्रवर्द्धन
-
नयाँ आप्रवासीहरूलाई शिक्षा, रोजगारी, आवास र कानुनी सहायता
-
युवा तथा महिलालाई नेतृत्व र सीप विकासमार्फत सशक्त बनाउने
-
विद्यार्थी तथा पेसागत वर्गलाई तालिम, करियर मार्गदर्शन र अवसर
-
नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण
-
संस्थागत पारदर्शिता र उत्तरदायित्व सुनिश्चित
-
स्थानीय निकाय र एनआरएनए सञ्जालसँग सहकार्य
थपलियाको उम्मेदवारीलाई तास्मानियाली नेपाली समुदायका युवाहरूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिइरहेका छन्। उनी आशावादी छन् कि आगामी कार्यकालमा युवाहरूका आवाजहरू अझ मजबुत रूपमा संस्थागत तहमा प्रतिविम्बित हुनेछन्।