एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५: तास्मानियाबाट नारी सशक्तिकरणको पक्षमा खेमलता अधिकारीको उम्मेदवारी

everest kitchen

तास्मानिया, अष्ट्रेलिया – आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनमा खेमलता अधिकारीले नारीनिकुञ्ज (Nari Nikunja) तास्मानिया सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।

समुदायसेवामा समर्पित अधिकारीले रेडक्रस, साल्भेशन आर्मी, तथा नेपाली सोसाइटी अफ नर्दन तास्मानिया जस्ता सामाजिक संस्थासँग सहकार्य गर्दै स्वास्थ्य शिक्षा, आपतकालीन सहायता, सांस्कृतिक संरक्षण, तथा महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएकी छिन्।

उनी बताउँछिन्, “यो उम्मेदवारी मेरो व्यक्तिगत आकांक्षा होइन, यो हामी सबै नेपाली महिलाको साझा सपना हो – सशक्त, स्वाभिमानी र समान अवसरप्राप्त नेतृत्वको प्रतिनिधित्व गर्ने एउटा अभियान हो। सेवा, पारदर्शिता र सहकार्यमै मेरो विश्वास छ।

उम्मेदवार अधिकारीका प्रमुख प्रतिबद्धताहरू:

🔷 महिला नेतृत्व विकास र निर्णायक सहभागिता

– नेतृत्व क्षमताको विकास गर्दै महिलाहरूलाई निर्णायक तहसम्मको पहुँच सुनिश्चित गर्ने
– समावेशी, जिम्मेवार र प्रभावशाली महिला नेतृत्व निर्माण

🔷 सशक्तिकरण, सीप विकास र करियर सपोर्ट

– सामाजिक, सांस्कृतिक तथा व्यावसायिक सशक्तिकरण कार्यक्रम
– उद्यमशीलता, मानसिक स्वास्थ्य र करियर विकासमा केन्द्रित पहलहरू

🔷 युवा पुस्तासँग सहकार्य र नयाँ महिलाहरूसँग सम्बद्धता

– छात्रा, युवती र नयाँ आप्रवासी महिलाहरूलाई सशक्तिकरणमा जोड्ने
– मार्गदर्शन, सहायता तथा नेटवर्किङ अवसर उपलब्ध गराउने

🔷 महिला सञ्जाल विस्तार, एकता र सहकार्य

– राज्यस्तरीय महिला सञ्जाल निर्माण
– सबै समुदायका महिलाहरूलाई नेतृत्व र सहकार्यमा जोड्ने

🔷 स्वास्थ्य सचेतना र घरेलु हिंसा प्रतिको जागरूकता

– स्तन/पाठेघर क्यान्सर, मानसिक स्वास्थ्य आदि विषयमा अभियान
– घरेलु हिंसा सम्बन्धी सेवा केन्द्र, कानुनी सहायता र आश्रयको जानकारी
– योग, खेलकुद र सामूहिक गतिविधिमार्फत समग्र कल्याण प्रवर्द्धन

🔷 तास्मानियाका संघ–संस्थाहरूसँग सहकार्य

– नेपाली संस्थाहरूसँग समन्वय गर्दै प्रभावकारी कार्यक्रमहरू सञ्चालन

अधिकारीको विश्वास छ कि आफ्नो अनुभव, समर्पण र स्पष्ट उद्देश्यका साथ तास्मानियाली महिलाहरूको आवाज बलियो रूपमा उठाउने अवसर प्राप्त हुनेछ। उनले सम्पूर्ण नेपाली समुदाय, विशेषतः तास्मानियाली दिदीबहिनीहरूलाई आफ्नो अभियानमा साथ, सुझाव र समर्थन दिन आग्रह गरेकी छन्।