मेलबर्न, अष्ट्रेलिया – १२ जुलाई २०२५
नेपाली महिला सशक्तिकरण, स्वास्थ्य र सामाजिक समावेशीताको क्षेत्रमा सक्रिय रहँदै आएकी ललिशा थापाले आगामी कार्यकाल NRNA Australia 2025–2027 का लागि भिक्टोरिया (VIC) नारी निकुञ्ज डिपुटी कोअर्डिनेटर पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
थापाले विगत पाँच वर्षभन्दा बढी समयदेखि नेपाली समुदायको सेवा गर्दै आएकी छन्। NAV (Nepalese Association of Victoria) की उपाध्यक्षको रूपमा, साथै विभिन्न सामाजिक, सांस्कृतिक तथा पारिवारिक कार्यक्रमहरूमा उनी निरन्तर क्रियाशील रहँदै आएकी छन्।
“पद होइन, प्रतिबद्धताको निरन्तरता हो” – ललिशा थापा
उम्मेदवारी घोषणा गर्दै थापाले भनिन्, “यो उम्मेदवारी केवल पदका लागि होइन, यो त हामी सबैले साझा रूपमा बोकेको मूल्य र दायित्वप्रतिको प्रतिबद्धताको निरन्तरता हो।”
उनको प्रमुख उद्देश्यहरूमा निम्न विषयहरू पर्दछन्:
-
महिलाको सशक्त आवाजलाई प्रतिनिधित्व दिने
-
महिला तथा परिवारको समग्र सशक्तिकरणमा जोड दिने
-
मानसिक, भावनात्मक र सांस्कृतिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने
-
क्षेत्र र भूमिकाभन्दा माथि उठेर सहकार्यको संस्कृति विकास गर्ने
-
महिलालाई नेतृत्व र सहभागितामा अगाडि ल्याउने
-
NRNA मा महिलाको सक्रिय सहभागिता बढाउने
-
Dual/NRN Citizenship अधिकारको वकालत गर्ने
-
समुदायको समग्र स्वास्थ्य र सशक्तिकरणमा काम गर्ने
-
युवा, सीप र उद्यमशीलता प्रवर्द्धन गर्ने
-
संस्कृतिक आदान–प्रदान र समावेशीतालाई प्रोत्साहित गर्ने
-
नेपालका लागि डायस्पोराको योगदानलाई सशक्त बनाउने
-
सामाजिक सेवा र नीति वकालतमा जुट्ने
“संगठनलाई जीवित, सशक्त र जनउत्तरदायी बनाउने मेरो संकल्प”
थापाले आफ्नो उम्मेदवारीसँगै VIC नारी निकुञ्जलाई अझ सशक्त, सक्रिय र NRNA को दीर्घकालीन उद्देश्यसँग समन्वयित बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेकी छन्।
“सच्चा प्रगति तब मात्र सम्भव हुन्छ जब हामी सबैले मिलेर त्यसको निर्माण गर्छौं,” थापाले भनिन्, “आगामी दिनहरूमा तपाईंहरूसँग गहिरो संवाद गर्दै योजना र दृष्टिकोणहरू बाँड्नेछु।”
उनको उम्मेदवारीले NRNA Australia भित्र महिलाको नेतृत्व र सहभागितालाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।