दीपक अधिकारीद्वारा एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

अष्ट्रेलिया – १२ जुलाई २०२५

गैर-आवासीय नेपाली संघ (NRNA) को विभिन्न तहमा अनुभव प्राप्त गरेका दीपक अधिकारीले आगामी कार्यकाल NRNA Australia 2025–2027 का लागि ICC Member पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

राज्यदेखि अन्तर्राष्ट्रिय प्रतिनिधित्वसम्मको अनुभव

दीपक अधिकारीले 2021–2023 कार्यकालमा राज्य समन्वय परिषद् (State Coordination Council – SCC) को संयुक्त सचिवको रूपमा सेवा गरेका थिए। यस भूमिकाले उनलाई समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने, पारदर्शिता प्रवर्द्धन गर्ने र सामूहिक हितमा आधारित पहलहरूमा योगदान दिन अवसर दिएको उनी बताउँछन्।

त्यसपछि, उनी 2023–2025 कार्यकालमा ICC Delegate बनेर अन्तर्राष्ट्रिय तहमा नेपाली डायस्पोराको पक्षमा आवाज उठाउँदै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

“ICC Delegate को रूपमा मैले NRNA को संरचना र अन्तर्राष्ट्रिय काम गर्ने तरिकालाई नजिकबाट बुझ्ने अवसर पाएँ, र मेरो प्रतिबद्धता अझ प्रगाढ भएको छ,” उनले भने।

ICC सदस्यको उम्मेदवारीसँग थप जिम्मेवारी

उनी अब ICC सदस्यको रूपमा २०२५–२०२७ कार्यकालका लागि उम्मेदवार बन्ने घोषणा गर्दै थप जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। उनले आफ्नो उम्मेदवारीलाई विगतको अनुभवको निरन्तरता र समुदायप्रतिको प्रतिबद्धताको अभिव्यक्ति बताएका छन्।

“म हाम्रो समुदायको मजबुत प्रतिनिधि बन्ने संकल्पसहित उम्मेदवार बनेको हुँ। राज्यदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको अनुभवले मलाई अझ परिपक्व बनाएको छ,” अधिकारीले भने।

उनले समुदायको एकता, सशक्तिकरण, र विश्वव्यापी नेपाली हितका लागि संयुक्त रूपमा कार्य गर्नुपर्नेमा जोड दिएका छन्।

“म तपाईंहरूको विश्वास र समर्थनको हार्दिक अपेक्षा गर्दछु,” अधिकारीले भनेका छन्, “संगठन र समुदायलाई अझ सबल बनाउने यो यात्रामा तपाईँको साथ मेरी सबैभन्दा ठूलो प्रेरणा हुनेछ।”