भिक्टोरिया, अष्ट्रेलिया – १२ जुलाई २०२५
नेपाली समुदायमा लामो समयदेखि सक्रिय भूमिका खेल्दै आएका रोहित बस्नेतले आगामी NRNA अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि भिक्टोरियाबाट SCC (State Coordination Council) सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
समुदायसँग नजिकिएर निरन्तर सेवा गर्दै आएका बस्नेतले विगत सात वर्षदेखि फुटबल क्लब, स्थानिय संस्था र NRNA Helping Hand जस्ता अभियानहरूमा सहभागिता जनाउँदै आएका छन्।
“सेवा मेरो लागि गर्व र सन्तुष्टिको विषय हो” – रोहित बस्नेत
उम्मेदवारी घोषणा गर्दै बस्नेतले भने, “२०१७ देखि मैले समुदायका विभिन्न तहमा काम गर्ने अवसर पाएको छु। तपाईँहरूकै साथ, विश्वास र प्रेरणाले आज म फेरि उम्मेदवार बन्ने साहस जुटाएको छु।”
उनले NRNA अष्ट्रेलियाको आगामी भविष्य अझ सशक्त, समावेशी र नेपाली डायस्पोराको वास्तविक प्रतिनिधित्व गर्ने बनाउन प्रतिबद्ध रहेको बताए।
उनको अभियानका प्रमुख दृष्टिकोणहरू यस्ता छन्:
-
एकता र सहकार्यद्वारा NRNA अष्ट्रेलियालाई थप सबल बनाउने।
-
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा नेपाली प्रतिभाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने।
-
सकारात्मक परिवर्तनका लागि नयाँ सोच र निरन्तर प्रयासलाई प्रोत्साहन गर्ने।
-
NRNA लाई केवल संस्था नभई समुदायको साझा अभियान बनाउने।
बस्नेतले NRNA मा स्वयंसेवकको रूपमा कार्य गर्नु आफूका लागि गर्व र दायित्व दुवै भएको उल्लेख गरे।
“हामी मिलेर एउटा यस्तो अभियान अगाडि बढाऔं, जसले सम्पूर्ण नेपाली डायस्पोराको हितमा आवाज उठाओस्, र विश्वभरिका नेपालीलाई एकताको सूत्रमा बाँधोस्,” उनले आह्वान गरे।