एनआरएनए तास्मानिया युवा सदस्य पदमा समीर खरेलको उम्मेदवारी घोषणा

everest kitchen

होबर्ट, तास्मानिया – जुलाई १२, २०२५

तास्मानियामा रहेका नेपाली युवाहरूको प्रतिनिधित्व गर्दै, समीर खरेलले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि Youth Member (तास्मानिया) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सन् २०२३–२०२५ कार्यकालमा विभिन्न सामाजिक संस्थामार्फत युवा नेतृत्व, सामाजिक सेवा तथा आप्रवासी समुदायप्रतिको समर्पण प्रस्तुत गर्दै आएका खरेलले अब त्यसै अनुभव र सीपलाई संस्थागत रूपमा अघि बढाउने अठोट गरेका छन्।

“युवाको ऊर्जा, नेतृत्वमा नयाँ सोच” भन्ने मूल नाराका साथ अघि बढ्दै

उम्मेदवारी घोषणा गर्दै खरेलले भने, “तास्मानियामा रहेका युवाहरूका आकांक्षा, चुनौती र सम्भावनालाई प्रतिनिधित्व गर्दै म NRNA जस्तो अन्तर्राष्ट्रिय संस्थामा युवाको सशक्त आवाज बन्‍न चाहन्छु। अवसर, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वका बीच सन्तुलन कायम राख्दै म समावेशी, पारदर्शी र क्रियाशील नेतृत्व दिन प्रतिबद्ध छु।”

राष्ट्रिय प्रतिबद्धताहरू

उनले उठाएका मुख्य राष्ट्रिय एजेन्डाहरू यस्ता छन्:

१. प्रवासी नेपालीको लगानी र आर्थिक सहभागिता प्रवर्द्धन
२. राज्य तथा संघीय अनुदान सुनिश्चित गर्न पहल
३. एनआरएनए अन्तरगत साझेदारी कार्यदलको गठन
४. बहुसांस्कृतिक पहलकदमीहरूमा समर्थन
५. परोपकारी परियोजनाहरू एनआरएनए फाउण्डेसनमार्फत सञ्चालन
६. दोस्रो पुस्ता शाखा सञ्चालन तथा युवा सहभागिता प्रवर्द्धन
७. उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन
८. लगानी सम्मेलन र इन्क्युबेटर कार्यक्रमहरू
९. नीति संवाद र वकालतमा सक्रिय सहभागिता

तास्मानियामा केन्द्रित स्थानीय प्रतिबद्धता

  • समुदायमा सहकार्य, एकता र समावेशिताको प्रवर्द्धन

  • नयाँ आप्रवासीहरूलाई आवश्यक जानकारी, शिक्षा, रोजगारी र कानुनी सहायता उपलब्ध

  • युवा र महिलालाई सीप तथा नेतृत्व विकासका माध्यमबाट सशक्त बनाउने

  • विद्यार्थी र पेसागत व्यक्तिहरूका लागि तालिम, करियर मार्गदर्शन र अवसरहरूको सृजना

  • नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन

  • संस्थाको कार्यशैलीमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित

  • स्थानीय निकाय र एनआरएनए सञ्जालसँग सहकार्यमा आधारित योजनाहरू सञ्चालन

अन्त्यमा – सहयोगको अपील

समीर खरेलले सम्पूर्ण तास्मानियावासी नेपाली समुदायलाई सादर अनुरोध गर्दै भने, “आउनुहोस्, हामी सँगै युवाको सशक्त नेतृत्वमार्फत एनआरएनएलाई अझ बलियो, समावेशी र परिवर्तनमुखी संस्था बनाऔं। तपाईंहरूको अमूल्य मत, सुझाव र विश्वास मेरो लागि मार्गदर्शन हुनेछ।”