पर्थ, अष्ट्रेलिया – जुलाई १२, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) Western Australia को आगामी २०२५–२०२७ कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा राजीव गुरुङले राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी “Team Abhiyaan WA 2025–2027 – Rising Together” बाट उम्मेदवार बनेका हुन्।
राजीव गुरुङले समुदायलाई धन्यवाद ज्ञापन गर्दै भने, “पर्थ र क्षेत्रीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नजिक ल्याउने र सशक्त समुदाय निर्माण गर्ने मेरो अठोट छ। तपाईंहरूको निरन्तर समर्थनले मलाई यो कदम चाल्न प्रेरित गर्यो।”
“Team Abhiyaan WA” का १० रणनीतिक प्राथमिकता क्षेत्रहरू:
टीम अभियानले Western Australia मा नेपाली समुदायको सशक्तीकरण, आपसी सम्बन्ध विस्तार, र प्रवासी जीवन सहज बनाउने उद्देश्यसहित १० वटा रणनीतिक प्राथमिकता निर्धारण गरेको छ, जसमा निम्न विषयहरू समेटिएका छन्:
-
मानसिक स्वास्थ्य प्रवर्द्धन
-
विद्यार्थी तथा नयाँ आप्रवासीहरूको सशक्तीकरण
-
नेपाली भाषा, संस्कृति तथा कला संरक्षण
-
खेलकुदको प्रवर्द्धन
-
साना व्यवसाय तथा स्टार्टअप विकास
राजीव गुरुङका मुख्य प्रतिबद्धताहरू:
✅ पर्थ र क्षेत्रीय क्षेत्रका नेपालीबीच सेतुको रूपमा काम गर्ने
✅ नीतिगत तहमा सक्रिय योगदान, ताकि संस्था थप समावेशी, पारदर्शी र उत्तरदायी बनोस्
✅ नयाँ विद्यार्थी तथा स्थायी बसोबासीहरूलाई लक्षित गरेर समयमै सहयोग र मार्गदर्शन प्रदान गर्ने
✅ नेपाली भाषा, संस्कृति, कला र खेलकुदमा सबैको सहभागिता बढाउने
राजीव गुरुङले जोड दिँदै भने, “सामूहिक प्रतिबद्धता र सहकार्यको माध्यमबाट हामी अझ एकताबद्ध, समावेशी र सशक्त नेपाली समुदाय निर्माण गर्न सक्छौं। हामी सबैले गर्व गर्नसक्ने भविष्य बनाउने जिम्मेवारी हाम्रो हो।”