शिक्षण क्षेत्रबाट समुदाय सेवामा — खिम गौतमद्वारा एनआरएनए एसीसी ट्रेजरर (VIC) पदको उम्मेदवारी घोषणा

everest kitchen

मेलबर्न, अष्ट्रेलिया — शिक्षा क्षेत्रको २५ वर्ष लामो अनुभव बोकेका खिम गौतमले आगामी गैरआवासीय नेपाली संघ (NRNA) SCC भिक्टोरिया (VIC) २०२५–२०२७ कार्यकालको लागि कोषाध्यक्ष (Treasurer) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

Team EKATA प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका गौतमले यस पदलाई केवल जिम्मेवारी होइन, जीवनभरको सेवा र समर्पणको यात्राको निरन्तरता भनेर व्याख्या गरेका छन्।

“यो मेरो लागि केवल पद होइन, अष्ट्रेलियास्थित नेपाली समुदायलाई सशक्त, समावेशी र एकजुट बनाउने अभियानको अर्को चरण हो,” गौतमले बताएका छन्।

२५ वर्षको शिक्षा अनुभव — हजारौं विद्यार्थीहरूमा प्रभाव

प्राइमरी तहदेखि विश्वविद्यालयसम्म अध्यापन तथा मार्गदर्शन गरेका गौतमले २० हजारभन्दा बढी विद्यार्थीहरूलाई शिक्षा र प्रेरणा प्रदान गरिसकेका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थी, पेशागत वर्ग र नयाँ आप्रवासीहरूका समस्या बुझ्ने र समाधान खोज्ने क्रममा उनले शिक्षा र समुदायबीचको सेतुको रूपमा भूमिका खेल्दै आएका छन्।

उनको प्रतिबद्धता यसप्रकार रहेको छ:

🔹 पारदर्शी आर्थिक प्रणाली र उत्तरदायित्वपूर्ण व्यवस्थापन
🔹 विद्यार्थी, युवा र आप्रवासी लक्षित कार्यक्रमहरूमा सहयोग
🔹 समावेशी, सशक्त र एकीकृत समुदाय निर्माणमा योगदान

“NRNA एउटा विश्वव्यापी संस्था हो, जसले विदेशमा रहेका नेपालीहरूलाई एकीकृत गर्दै नेपालप्रतिको योगदानलाई पनि संस्थागत बनाउने काम गर्छ,” उनले उल्लेख गरेका छन्।

भविष्यको लागि प्रतिबद्धता

“NRNA SCC VIC कोषाध्यक्षको रूपमा, म पारदर्शिता, जवाफदेहिता र समुदाय-केन्द्रित कार्यक्रमहरूमा सक्रिय सहभागिता सुनिश्चित गर्नेछु,” गौतमले भने।

“आउनुहोस्, माया, सम्मान, एकता र ज्ञानको साथ हामी सबै मिलेर हाम्रो समुदायको उज्वल भविष्य निर्माण गरौं,” भन्ने सन्देशसहित उनले सबै नेपाली समुदायलाई साथ र समर्थनको अपील गरेका छन्।