आयरल्याण्डस्थित सामाजिक अगुवा विजय कुमार बुढाथोकी एनआरएनए एनसीसी आयरल्याण्डको सचिव पदका लागि उम्मेदवार

everest kitchen

लिमरिक, आयरल्यान्ड – १३ जुलाई २०२५

आयरल्याण्डमा बसेर लामो समयदेखि नेपाली समुदायको सेवामा समर्पित विजय कुमार बुढाथोकीले गैर आवासीय नेपाली संघ आयरल्यान्ड राष्ट्रिय समन्वय परिषद् (NRNA NCC Ireland) को आगामी कार्यसमिति (२०२५–२०२७) का लागि सचिव पदमा उम्मेदवारी दिएका छन्।

सन् २०१२ मा अध्ययनको सिलसिलामा आयरल्यान्ड आएका बुढाथोकीले यस देशमा १३ वर्ष बिताइसकेका छन्। यस अवधिमा उनले Nepalese Community Limerick तथा NRNA NCC Ireland का विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरूमा उल्लेखनीय योगदान दिएका छन्।

विगतमा उनले Nepalese Community Limerick मा सदस्यदेखि महासचिव (२०२०–२०२४) सम्मको भूमिका निभाएका थिए भने NRNA NCC Ireland अन्तर्गत Regional Coordinator (२०१९–२०२१) र Youth and Sports Coordinator (२०२१–२०२३) को जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

बुढाथोकी भन्छन्, “म नेपाली समुदायको सेवा गर्दै आएको यो यात्रालाई अझ सशक्त र प्रभावकारी बनाउने दृढ संकल्पका साथ सचिव पदमा उम्मेदवारी दिएको छु।” उनले नेपाली समुदायको साथ, समर्थन र विश्वासप्रति पूर्ण आशावादी रहेको जनाएका छन्।

उनको उम्मेदवारीसँगै आयरल्यान्डको नेपाली समाजमा नयाँ ऊर्जा र उत्साह थपिने विश्वास गरिएको छ।