सावित्रा (अनु) घिमिरेद्वारा एनआरएनए आयरल्यान्डको महिला संयोजक पदमा स्वतन्त्र उम्मेदवारी घोषणा

everest kitchen

डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५

गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि महिला संयोजक पदमा सावित्रा (अनु) घिमिरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्। कुनै पनि समूह वा प्यानलमा आबद्ध नरही, उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएको जनाउँदै महिला सशक्तिकरण र अवसर सिर्जनामा योगदान पुर्‍याउने स्पष्ट लक्ष्य प्रस्तुत गरेकी छिन्।

घिमिरेले भनिन्, “म कुनै प्यानल या समूहमा आबद्ध छैन। मेरो उम्मेदवारी स्वतन्त्र हो, र उद्देश्य एकदमै सरल छ — हाम्रो समुदायमा महिलाहरूका लागि थप अवसर सिर्जना गर्न योगदान गर्नु।”

उनले समावेशी र सकारात्मक परिवर्तनको आवश्यकता औँल्याउँदै समुदायको साथ र शुभकामनाको अपेक्षा गरेकी छन्।

“म विश्वास गर्छु, हामी सबै मिलेर सकारात्मक परिवर्तन ल्याउन सक्छौं। यो यात्रामा तपाईंहरूको साथ, समर्थन र शुभकामनाको हार्दिक अपेक्षा गर्दछु,” उनले थपिन्।