युवा डाक्टर प्रज्ज्वल खनालद्वारा एनआरएनए आयरल्यान्ड कार्यसमितिको कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५

स्वास्थ्य सेवा र समाजप्रतिको प्रतिबद्धता बोकेका युवा चिकित्सक प्रज्ज्वल खनालले गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्ड कार्यसमितिको कार्यकारी सदस्य (Executive Member) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

आयरल्यान्डमा कार्यरत खनाल स्वास्थ्य, सामाजिक उत्तरदायित्व र सशक्त नेपाली समुदाय निर्माणमा लामो समयदेखि संलग्न छन्। उम्मेदवारी घोषणासँगै उनले स्वास्थ्य क्षेत्रमा केन्द्रित योजनाहरू सार्वजनिक गर्दै समुदायको साथ र समर्थनको आह्वान गरेका छन्।

खनालद्वारा प्रस्तुत प्रमुख एजेन्डाहरू:

✅ आयरल्यान्डको स्वास्थ्य प्रणालीबारे नेपाली समुदायमा व्यापक जानकारी दिनु
✅ स्वास्थ्य सेवा क्षेत्रको सार्वजनिक–निजी साझेदारी (Public–Private Partnership) को फाइदाबारे जनचेतना फैलाउनु
✅ स्वास्थ्यसम्बन्धी ट्याक्स क्रेडिट (Health-Related Tax Credits) को जानकारी प्रवाह
✅ महिला र मानसिक स्वास्थ्यमा विशेष जोड दिँदै सचेतनामूलक कार्यक्रम सञ्चालन
✅ HSE तथा सिटी र काउन्टी काउन्सिलसँग सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
✅ स्वास्थ्य क्षेत्रमा करियर बनाउन चाहने नेपालीहरूलाई मार्गदर्शन

उनले भने, “NRNA आयरल्यान्ड मेरो लागि स्वास्थ्य सेवा र जानकारी नेपाली समुदायसम्म पुर्‍याउने माध्यम हो। म यहाँहरूको स्वास्थ्यहितको आवाज बन्न चाहन्छु।”

खनालले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस अभियानमा साथ दिन, समर्थन गर्न र आगामी निर्वाचनमा कार्यकारी सदस्य पदका लागि आफूलाई मतदान गर्न हार्दिक अनुरोध गरेका छन्।