डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि महिला उपाध्यक्ष (Vice President – Women) पदमा प्रजया न्यौपानेले उम्मेदवारी घोषणा गरेकी छन्। नेपाली महिलाहरूको हक, सशक्तिकरण र प्रतिनिधित्वका पक्षमा सक्रिय रुपमा लागिरहेकी न्यौपाने यसपटकको कार्यसमितिमा महिला नेतृत्वलाई मजबुत बनाउन अठोटका साथ अघि आएकी हुन्।
उनले आफ्नो उम्मेदवारीमार्फत आयरल्यान्डमा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज बुलन्द बनाउने, सामाजिक तथा सांस्कृतिक कार्यक्रममार्फत महिलाहरूको सक्रियता बढाउने, साथै स्वास्थ्य, शिक्षा, करियर तथा महिला उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा विशेष योगदान पुर्याउने प्रतिबद्धता जनाएकी छन्।
प्रजया न्यौपानेले भनिन्: “यो पद मलाई व्यक्तिगत रूपमा होइन, सम्पूर्ण नेपाली महिलाको प्रतिनिधित्व गर्ने माध्यम हो। महिला सशक्तिकरण र सहभागिता बढाउने अभियानमा तपाईंहरूको साथ र समर्थनको अपेक्षा राखेकी छु।”