क्वालालम्पुर, मलेसिया –
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले २०२५–२०२७ कार्यकालका लागि मलाका राज्य क्षेत्रीय समिति गठन गरेको छ। आइतवार सम्पन्न विशेष अधिवेशनमार्फत अर्जुन लावती (लिम्बू) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
उक्त अधिवेशनमा मलाका राज्यमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रह्यो। अधिवेशनले समुदायको हितमा समर्पित भएर काम गर्ने दृढ प्रतिबद्धता समेत व्यक्त गर्यो।
नव-निर्वाचित कार्यसमिति यसप्रकार छन्:
-
अध्यक्ष: अर्जुन लावती (लिम्बू)
-
वरिष्ठ उपाध्यक्ष: ग्याबिन्द्र राई
-
उपाध्यक्ष: शिवलाल ढकाल
-
महिला उपाध्यक्ष: वर्षा राई
-
सचिव: मनोज दशौँदी
-
सह-सचिव: तोपजङ पाण्डे
-
कोषाध्यक्ष: अस्मिता भोलन
-
सह-कोषाध्यक्ष: सागर राई
-
युवा संयोजक: झनक बस्नेत
सदस्यहरू: तिर्सना तामाङ, ढकमनी विक, त्रीवत लिम्बू, समिन तामाङ, सफर मोक्तान, पुर्व तामाङ, मान तामाङ, अजय धामी
नव-निर्वाचित कार्यसमितिलाई एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले सपथ ग्रहण गराएका थिए। कार्यक्रममा एनआरएनए मलेसियाका सचिव विष्णु प्रसाद बराल, सदस्य उमेश महतोलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन स्वयं सचिव बरालले गरेका थिए।
अध्यक्ष महतोले नव-निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै भन्नुभयो, “मलाका राज्य समितिले संगठनलाई अझ ऊर्जाशील र प्रभावशाली रूपमा अघि बढाउनेछ भन्नेमा पूर्ण विश्वास छ। एनसीसी मलेसिया सधैँ साथमा रहनेछ।”
नयाँ समितिलाई साउन २७ गते (२७ जुलाई) क्वालालम्पुरमा आयोजना हुने एनसीसी मलेसियाको नवौं अधिवेशनमा विशेष सम्मान गरिने तयारी गरिएको छ।
मलाका राज्य कार्यसमितिले छिट्टै आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गर्ने जानकारी दिएको छ। समितिले मलेसियाको मलाका क्षेत्रमा रहेका नेपालीहरूका समस्या समाधान, हक–हितको संरक्षण, तथा नेपाली संस्कृति र पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।