एडिलेड, साउथ अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५ कार्यकालको निर्वाचनका लागि तारा चौधरीले साउथ अष्ट्रेलिया राज्यको महिला संयोजक पदमा उम्मेदवारीको औपचारिक घोषणा गरेकी छिन्।
लामो समयदेखि नेपाली समुदायमा सक्रिय रूपमा संलग्न रहँदै आएकी चौधरीले अब महिला संयोजकको हैसियतमा झन जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेकी हुन्।
प्रमुख एजेन्डाहरू:
-
महिलाको सशक्तिकरण:
नेपाली महिलाहरूलाई नेतृत्व, रोजगारी र सीप विकासका अवसरहरू प्रदान गर्ने। -
समुदायमा सक्रिय सहभागिता:
महिलाहरूको सक्रियता बढाउन विभिन्न कार्यक्रम, तालिम र छलफल सत्र सञ्चालन गर्ने। -
समावेशीता र समानता:
सबै उमेर, पृष्ठभूमि र क्षमताका महिलाहरूलाई NRNA मा समान प्रतिनिधित्व सुनिश्चित गर्ने। -
सुरक्षा र सहयोग:
आपतकालीन अवस्थामा सहयोग पुर्याउने सुरक्षित संयन्त्र निर्माण गर्ने। -
संस्कृति र परिचयको संरक्षण:
नेपाली महिला समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणमा पहल लिने।
उम्मेदवारको भनाइ: “मेरो अनुभव, दृष्टिकोण र प्रतिबद्धता साउथ अष्ट्रेलियाको महिला समुदायको हितका लागि समर्पित हुनेछ। तपाईंहरूको साथ, सुझाव र विश्वासले मलाई अझ उत्साही बनाउनेछ।” – तारा चौधरी
तारा चौधरीले सम्पूर्ण साउथ अष्ट्रेलियाबासी नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति सहयोग र समर्थनको हार्दिक अनुरोध गर्दै आफ्नो उम्मेदवारीलाई सफल पार्न आह्वान गरेकी छन्।