मन्जिल खड्काद्वारा एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य सचिव पदमा उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, न्यू साउथ वेल्स (NSW) को आगामी कार्यकालको लागि समाजसेवी मन्जिल खड्काले राज्य सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

“म मन्जिल खड्का, NRNA Australia, NSW को राज्य सचिवको रुपमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दछु,” भन्दै उनले आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनमा सहभागी हुने जनाएका छन्।

खड्का विगत केही वर्षदेखि अष्ट्रेलियामा नेपाली समुदायको हितमा सक्रिय रूपमा काम गर्दै आएका अनुभवी स्वयंसेवक हुन्। उनले आफ्नी टिमसहित बलियो, संगठित र एकजुट नेपाली डायस्पोराको परिकल्पना गरेका छन्।

“हामी अनुभवी र समर्पित स्वयंसेवकहरूको समूह हौं, जो साँचो अर्थमा समुदायसेवामा विश्वास गर्छौं,” उनले भने। “हामी सबै मिलेर एक उज्वल भविष्य निर्माण गर्न चाहन्छौं।”

NRNA NSW को निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुने तय भएको छ। खड्काले सबै नेपाली समुदायलाई आफ्नो टिमप्रति समर्थन जनाउन अपील गरेका छन्।