अमृत पौडेल एनआरएनए अष्ट्रेलिया एसीटी राज्यबाट एससीसी सदस्य पदमा उम्मेदवार

everest kitchen

क्यानबेरा, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको ACT राज्यको लागि आगामी कार्यकाल (२०२५–२०२७) मा राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा अमृत पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

“म, अमृत पौडेल, आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA Australia को ACT SCC सदस्य पदमा उम्मेदवार बनेको छु,” भन्दै पौडेलले हालसम्मको सामाजिक योगदान र अनुभवलाई संस्थागत रूपमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्य राखेको बताए।

सामाजिक सेवामा लामो समयदेखि संलग्न रहेका पौडेलले विभिन्न सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै नेपाली समुदायप्रति गहिरो समर्पण देखाउँदै आएका छन्।

उनले भने, “समाजसेवाको केही अनुभव, विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता, र नेपाली समुदायप्रतिको समर्पणले मलाई आज यो जिम्मेवारी लिन प्रेरित गरेको हो।”

पौडेलले आगामी निर्वाचनमा नेपाली समुदायको साथ र समर्थनको अपेक्षा राखेका छन्।