एडिलेड, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा गोविन्द रानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“म, गोविन्द राना, तपाईंहरूकै माझबाट हुर्किएको, तपाईँहरूसँगै हाँसेको, काम गरेको र नेपाली समुदायका हरेक सुख–दुःखमा साथ दिँदै आएको एउटा साधारण व्यक्ति,” भन्दै रानाले समुदायप्रतिको गहिरो समर्पणसाथ आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्।
अनुभव र योगदान:
-
मगर समाज दक्षिण अष्ट्रेलिया र हिमालयन मल्टिकल्चरल सोसाइटी जस्ता संस्थाहरूको स्थापनादेखि नेतृत्वदायी भूमिका
-
NRNA NCC सदस्य (२०२३–२०२५) को रूपमा कार्यानुभव
-
अष्ट्रेलियाको बहु-सांस्कृतिक समुदायमा समन्वयकारी भूमिका
रानाले यी सबै अनुभवलाई आधार बनाउँदै अब अन्तर्राष्ट्रिय तहमा समावेशी नेतृत्व, जवाफदेही संस्था, र सम्पूर्ण नेपालीको साझा मञ्च निर्माण गर्ने लक्ष्यसाथ ICC सदस्य पदमा उम्मेदवारी दिएका छन्।
गोविन्द रानाको प्रतिबद्धता:
📍 नेपाली समुदायको आवाज अन्तर्राष्ट्रिय तहमा पुर्याउने
📍 स्थानीय व्यवसायको प्रवर्द्धन र नेपाली भाषा–संस्कृतिको संरक्षण
📍 युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने
📍 नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउने
रानाले अपिल गरेका छन्: “जुलाई २६ मा हुने निर्वाचनमा ICC सदस्य पदका लागि मलाई तपाईंहरूको अमूल्य मत र समर्थन दिनुहोस्। तपाईंहरूको विश्वास र साथले हामी समावेशी, उत्तरदायी र सबल NRNA निर्माण गर्न सक्छौं।”