एनआरएनए क्यानडाको सचिव पदमा रोबिन कडेलको उम्मेदवारी घोषणा

everest kitchen

मोन्ट्रियल, क्यानडा — आगामी गैर आवासीय नेपाली संघ (NRNA) क्यानडा २०२५–२७ कार्यकालको निर्वाचनका लागि मोन्ट्रियल निवासी रोबिन कडेलले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने मूल नाराका साथ अघि बढिरहेका कडेल विगतमा आफूलाई दिइएका जिम्मेवारीहरू इमान्दारीपूर्वक र समर्पित भावनाले पूरा गरिसकेको अनुभव साझा गर्छन्।

उनी भन्छन्, “काम गर्ने चाहना भएकै कारण जित आवश्यक छ, किनभने जित्नु भनेको काम गर्ने अवसर पाउनु हो। म आज पनि त्यही समर्पण र मूल्यका साथ अघि बढ्न चाहन्छु।”

उनले विगतमा काम गरिसकेका साथीसंगीहरूप्रति आभार प्रकट गर्दै भने, “जो जससँग म पहिले पनि सहकार्य गरिसकेको छु, उहाँहरू नै मेरो प्रेरणा हुनुहुन्छ। अब आउने नयाँ टिमसँग पनि सहकार्य गर्दै NRN को भावी पुस्तालाई अझ सशक्त बनाउने योजनामा छु।”

कडेलले सम्पूर्ण क्यानडावासी नेपाली समुदायसँग साथ, सहयोग, हौसला र अमूल्य मतको अपिल गरेका छन्। उनले जोड दिए — “देश टाढा होला, तर मन भने नजिकै छ। हामी सँगै अघि बढौं र एनआरएनए क्यानडालाई अझ प्रभावशाली र समावेशी बनाऔं।”