क्यानडा — समुदायसेवामा लामो अनुभव बोकेका सन्तोष दाहालले आगामी NRNA क्यानडा २०२५–२०२७ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष (Senior Vice-President) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उनले नेतृत्वको आकांक्षा भन्दा बढी समुदायप्रतिको सेवा, उत्तरदायित्व र निरन्तर समर्पणलाई आफ्नो मुख्य उद्देश्य भएको स्पष्ट पारेका छन्। दाहाल भन्छन्, “नेतृत्व पद प्राप्तिको आकांक्षा होइन — समुदायप्रतिको सेवा, उत्तरदायित्व र निरन्तर समर्पणको भाव हो।”
सन्तोष दाहालले आफूलाई पूर्ण विनम्रता र प्रतिबद्धताको साथ यस यात्रामा अघि बढाएको उल्लेख गर्दै, सम्पूर्ण क्यानडावासी नेपाली समुदायसँग विश्वास, सुझाव र सक्रिय समर्थनको हार्दिक अपेक्षा गरेका छन्।
उनको भनाइमा, “हामी सँगै अघि बढ्दा सशक्त, समावेशी र उत्तरदायी NRNA क्यानडा निर्माण सम्भव छ — जहाँ हरेक आवाजले अर्थ राख्छ र प्रत्येक नेपालीले गर्व गर्न सक्ने संस्था खडा हुन्छ।”
“एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने नारासहित अघि बढेका सन्तोष दाहालको उम्मेदवारीले एनआरएनए क्यानडाको भावी नेतृत्वमा समावेशिता, जवाफदेहिता र समुदायमूलक सोचलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।