एनआरएनए आइसीसी सदस्य पदमा पिता एन पौडेलको उम्मेदवारी घोषणा

everest kitchen

क्यानडा — गैर आवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय संरचना अन्तर्गत आगामी २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा पिता एन पौडेल (Pita N. Paudel) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

पौडेलले एनआरएनएको “महाअभियानमा जोडिएर समुदायको हितमा योगदान पुर्‍याउने दृढ इच्छाका साथ” आफूले उम्मेदवारी दिएको जनाएका छन्।

उनको भनाइमा, “एनआरएनए केवल संस्थागत संरचना मात्र होइन, विश्वभर रहेका नेपालीहरूको साझा आवाज र पहिचानको प्रतीक हो। यस अभियानमा सक्रीय सहभागी बन्ने उद्देश्यले मैले ICC सदस्यको उम्मेदवारी दिएको छु।”

उनले सम्पूर्ण क्यानडावासी नेपाली समुदायसँग सहयोग, सुझाव र समर्थनको अपेक्षा गर्दै भनेका छन्,“यो यात्रा मेरो एक्लो होइन — तपाईंहरूको साथ र हौसला नै मेरो ऊर्जा हो।”