भरत देवकोटा द्वारा एनआरएनए अष्ट्रेलिया महासचिव पदमा उम्मेदवारी घोषणा

everest kitchen

अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को आगामी २०२५–२०२७ कार्यकालका लागि महासचिव (General Secretary) पदमा भरत देवकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

भरत देवकोटा मुलतः सामाजिक र व्यवहारिक जीवनमा इमानदारी र क्षमताका साथ आफूलाई स्थापित गर्दै आएका छन्। NRNA अष्ट्रेलियासँगको आफ्नो डेढ दशक लामो समर्पित सम्बन्धमा, उनले विभिन्न सामाजिक संघसंस्थामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

उनले २०१३–२०१५ सम्म निर्वाचित कार्यसमितिमा कार्यरत, २०१५–२०१७ र २०१९–२०२१ सम्म सल्लाहकारको रूपमा NRNA अष्ट्रेलियाको संचालनमा योगदान पुर्‍याएका छन्। यसका अतिरिक्त, 2014 मा NYFA (Nepalese Youth Federation Australia) को संस्थापक अध्यक्षको रूपमा युवाहरूको सफल नेतृत्व गरेका छन्।

भरत देवकोटा भन्छन्: “प्रवासमा हामी स्वाभाविक रूपमा NRNA हौं र यसलाई कुन रूपले अघि बढाउने हाम्रो साझा जिम्मेवारी हो। यसलागि सबैको सहयोग र सद्भाव अपेक्षित छ।”

उनी अग्रज तथा साथीसंगीहरूको सल्लाहसमर्थनमा विश्वास गर्दै, एनआरएनए अष्ट्रेलियाका महासचिव पदमा नेतृत्व तर्फ अघि बढ्ने निर्णय गरेका छन्।