क्यानडा — हेम राज काफ्लेले गैर आवासीय नेपाली संघ (NRNA) का एनसीसी क्यानाडा चुनाव २०२५ मा युथ कोऑर्डिनेटर (Youth Coordinator) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनका प्रमुख एजेन्डा भनेका छन्: क्यारियर काउन्सलिंग, मानसिक स्वास्थ्य, युवाशक्ति सशक्तिकरण र दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाली भाषा, कला र संस्कृति सँग जोड्नु।
हेम राज काफ्ले आफ्नो सन्देशमा भनेका छन्,“मैले सधैं विश्वास गरेको छु कि युवा हाम्रो भविष्यको आधार हुन्। म उनीहरूको सही मार्गदर्शन र विकासका लागि क्यारियर काउन्सलिंग, मानसिक स्वास्थ्य जस्ता विषयमा काम गर्न चाहन्छु।”
उनले दोश्रो पुस्ताका नेपालीलाई नेपाली संस्कृति र भाषा सँग जोड्नको लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्, ताकि उनीहरू आफनै पहिचान र सांस्कृतिक सम्पदासँग सँगै अघि बढ्न सकून्।
उनको भनाइ अनुसार,“युवाशक्ति सशक्तिकरणले मात्र हाम्रो समाजलाई स्वस्थ र समृद्ध बनाउन सक्छ। म यो कामलाई प्राथमिकता दिनेछु।”
उनले एनआरएनएको उद्देश्यलाई सार्थक बनाउन र क्यानाडामा रहेका नेपाली समुदायका युवालाई एउटा मजबूत मंच प्रदान गर्न आफ्नो उम्मेदवारी पेश गरेका छन्।