टोरन्टो – आगामी जुलाई २०, २०२५ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडा निर्वाचनका लागि बिमल चुडालले सह–कोषाध्यक्ष (Deputy Treasurer) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
जवाफदेहिता, उत्तरदायित्व र पारदर्शितालाई आफ्नो कार्यदिशाको मूल आधार बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने:“समाजसेवा मेरो दायित्व मात्र होइन, समर्पण हो। म सधैं निष्पक्ष, पारदर्शी र उत्तरदायी भएर काम गर्ने वाचा गर्दछु।”
बिमल चुडालले सम्पूर्ण क्यानाडावासी नेपाली समुदायसँग माया, साथ र अमूल्य मतको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीप्रति विश्वास व्यक्त गरेका छन्।