क्यानडा – आगामी कार्यकाल २०२५–२०२७ का लागि गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडा को ICC सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै, रमेश रिजालले आफूलाई प्रवासी नेपाली समुदायको हकहित, पहिचान र सशक्तिकरणको पक्षमा प्रतिबद्ध उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्।
उनले प्रवासमा छरिएर रहेका नेपालीहरूलाई एकत्रित गर्दै NRNA लाई सबै नेपालीको साझा संस्था बनाउने, युवाहरूको नेतृत्व विकास, महिलाको सशक्त सहभागिता र पारदर्शिता आधारित संस्था निर्माण आफ्नो अभियानको मूल मर्म रहेको बताएका छन्।
उम्मेदवार रमेश रिजालका मुख्य प्रतिबद्धताहरू:
-
✔️ NRNA लाई सबै नेपालीका साझा मञ्च बनाउने
-
✔️ युवा नेतृत्व विकासलाई प्राथमिकता दिने
-
✔️ महिलाहरूको प्रतिनिधित्व सशक्त बनाउने
-
✔️ विश्वभर छरिएर रहेका नेपालीबीच एकता र सहयोगको वातावरण निर्माण गर्ने
-
✔️ NRNA लाई पारदर्शी, समावेशी र उत्तरदायी संस्था बनाउने
रिजालले भने: “हाम्रो एकता, हाम्रो पहिचान – समृद्ध एनआरएनए हाम्रो अभियान!”
उनले सम्पूर्ण गैरआवासीय नेपाली समुदायसँग आश्वासन, भरोसा र समर्पणका साथ अमूल्य मत र समर्थन प्रदान गर्न अनुरोध गरेका छन्।